Mero Samay

  • Latest News

    Feb 25, 2016

    कारागार हेर्ने एप

    काठमाडौं–कागज, रजिस्ट्ररमा चलिरहेको कारागार व्यवस्थापन अब इन्टरनेट एप्लिकेसनबाट गरिने भएको छ। कारागार व्यवस्थापन विभागले अब अनालाइन एप्लिकेसनमार्फत तथ्यांक चुस्त दुरुस्त राख्ने प्रक्रिया थालनी गरेको हो । कारागारका कुनै पनि तथ्यांक थाहा पाउन अब कुर्नुपर्दैन।
    त्यसका लागि देशका ७४ वटा कारागारबाट कैदी, थुनुवाको तथ्यांक संकलनका क्रममा रहेको विभागका निर्देशक देवीप्रसाद सुवेदीले बताए । अब एक महिनाभित्र अनलाइन एप्लिकेसनमार्फत मोबाइलमा समेत तथ्यांक हेर्न सकिनेछ । अहिलेसम्म सम्बन्धित जिल्ला कारागारले फ्याक्सबाट तथ्यांक पठाउने गरेकामा अब सम्बन्धित जिल्ला कारागार व्यवस्थापनले मोबाइलबाटै तथ्यांक अपडेट गराउन सक्नेछन् । अबको एक महिनाभित्र कारागार व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा आउने सुवेदीले बताए । उनले भने, ुमध्यपश्चिम, सुदूरपश्चिमको तथ्यांक राखिसकेका छौं । अबको चार दिनपछि पूर्वाञ्चलको अपडेट गर्दैछौं । त्यसपछि बाँकी रहेका क्षेत्रको तथ्यांक संकलन गर्दैछौं ।ु
    सूचना, प्रविधिमार्फत तथ्यांक व्यवस्थित गर्न सकिने हुँदाहुँदै पनि म्यानुअलमा काम गर्नुपरेको र हस्तलिखितमा त्रुटि हुने गरेको उनले बताए । ुजिल्लामा विवरण माग्दा हैरान भएको छ । अब यो समस्या छिट्टै समाधान गर्दैछौं,ु उनले भने ।
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: कारागार हेर्ने एप Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top