Mero Samay

  • Latest News

    Feb 22, 2016

    भारतीय नेताहरुद्धारा नेपाली दुतावास अगाडि धर्ना र प्रदर्शन

    नंयी दिल्ली, १० फागन, २०७२ नेपालमा जारी मधेस आन्दोलनको समर्थनमा सोमबार नयाँ दिल्ली स्थित नेपाली दुतावास अगाडि भारतिय नेताहरुले प्रदर्शन गरेका छन ।
    प्रधानमन्त्रि केपि शर्मा ओली दिल्लीमै रहेका बेला भारतिय पुर्व मन्त्रि सहिते ब्राहखम्बा रोड स्थित रहेको नेपाली दुतावास अगाडी प्रदर्शन गरेका हुन । भारतियहरुले प्रर्दशन गरिरहदा प्रधानमन्त्रि ओली दुतावासको ठिक अगाडी रहेको इण्डियन काउनसिल अफ वल्ड एफर्यसमा आयोजित एक कार्यक्रममा भाग लिई फर्कि रहेका थिए ।
    नेपालमा आन्दोलनरत मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्न माग गर्दै उक्त समुहले दिल्लीको बाह्खब्वा रोड स्थित रहेको नेपाली दूताबासमा धर्ना दिदै घेराउ गरेका हुन । पूर्वमन्त्री एवं राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहको नेतृत्वमा उक्त समुहले धर्ना दिइरहदा करिब २ घण्टासम्म दुतावासलाई भारतिय प्रहरीले चौतर्फी घेरा हालेका थिए भने दुतावासको सबै काम कार्य समेत ठप्प भएको थियो । प्रर्दशनकारीहरुले प्लेकाड सहित त्यहाँ पुग्दा भारतिय प्रहरीले बाक्लो उपस्थिीति बनाउदै शान्तिपुर्ण प्रर्दशन गर्न दिएका थिए ।  
    पुर्व मन्त्रि सिंहको नेतृत्वमा धर्ना तथा घेरा गर्न पुगेका उक्त समुहले नेपाल भारत मैत्री अमर रहे, नेपालमा मधेशीको माग पुरा गर, लगायतका नारा लगाएका थिए । आन्दोलनरत मोर्चा आवद्ध सघिय समाजवादी फोरम नेपालका नेता प्रदीप यादवको समेत उक्त कार्यक्रमका उपस्थिी देखिएको थियो ।
    नेपालको घिमेकी भारतिय राज्य बिहार निवासी सिंह तीनै हुन, जसले मधेस आन्दोलनको समर्थनमा लाखौं विहारीलाई उतार्ने चेतावनी दिएका थिए । ओली काठमाडौंमा हुँदा भारतीय नेता सिंहले मधेस आन्दोलनमा १० लाख विहारी पठाउने र सिंहदरबार घेर्नेसम्मका चेतावनी दिँदै आएका थिए । भारत–नेपाल मैत्री संघ नामक संस्थाको अगुवाईमा भारतीय मन्त्री सिंहसहितका एक समूहले नेपाली दूतावास घेराउ गरेका हुन् । उनीहरुले मंगलबार (भोली) भारतीय लोकसभा तथा सरकारलाई दबाव दिन दिल्लीस्थित जन्तरमन्त्रमा विरोध कार्यक्रम समेतको आयोजना गर्ने बताएका छन ।
    हामि ओलीलाई अकिंत गरेर यो कार्यक्रमको आयोजना गरेको होइन यो हाम्रो पुर्व निर्धारित कार्यक्रम हो’ भन्दै संघका अध्यक्ष डा. बृजेशकुमार शर्माले भर्ने ओलीजी यसै समयमा आउनु संयोग मात्र हो तर यो हाम्रो पुर्व निर्धारित कार्यक्रम हो’ नेपालस्थित नेपाली दूताबासमा धर्ना दिनेहरुले मधेसी मोर्चाका मागहरु पुरा गर्न संविधान संशोधन गर्नु पर्ने लगायतका माग गर्दै दिल्लीस्थित नेपाली दूताबासलाई ६ बुदे ज्ञपनपत्र समेत बुझाएका छन ।
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: भारतीय नेताहरुद्धारा नेपाली दुतावास अगाडि धर्ना र प्रदर्शन Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top