Mero Samay

  • Latest News

    Feb 24, 2016

    नवयुगको आगमनले नेपाली फुटबलमा ‘नयाँ युग’


    – हरिशंकर शर्मा
    नेपालले स्वर्णपदकको लक्ष्य लिएर खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता दक्षिण एशियाली खेलकुद (साग) मा दक्षिण एसियाका आठ देशबीच भएको खेलकुदमा नेपालले स्वर्ण जितेपछि अहिले सिागो देश नै हर्षित बनेको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई १ गोलको विरुद्ध २ गोलले हराउादै स्वर्ण जितेको थियो । विगत २२ वर्षदेखि हार खेप्दै आएका नेपाली फुटबल टिमले २३ औं वर्षमा जित हासिल गरेको छ । यस वर्षभने फुटबल टिममा नयाा खेलाडीहरु सहभागी भएका थिए । विगतमा भएका फुटबल खेलमा ‘म्याच फिक्सिङ्ग’ हुने गरेको कारण नेपालले २२ वर्षदेखि हार खेप्दै आइरहेको थियो तर नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले म्याच फिक्सिङ्ग गर्नेहरुको जालो पत्ता लगाई कारवाही गरेपछि नेपाले २३ औं वर्षमा जित हासिल गरेको हो । 
    यस खेलको क्रममा अत्याधिक गोल गर्न सफल रहेका नेपाली सेनाका जवान ‘नवयुग’ श्रेष्ठ अहिले नेपाली फुटबलका लागि नयाा युग नै बनेका छन् । सोमबार भएको खेलपछि जितेर हर्षका आासु झार्नेमध्ये एक थिए सागमा सदाबहार बलियो टोली भारतलाई उसकै घरमा हराउादा निर्णायक गोल गरेका नवयुग श्रेष्ठ । प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध अन्तिम समयमा दुई गोल गर्दै नवयुगले टोलीलाई फाइनलमा पुर्‍याएका थिए भने भुटानसागको खेलमा ह्याट्रिक गरेका थिए । योसागै कुल सात गोल गरेका नवयुग प्रतियोगिताकै सर्वाधिक गोलकर्ता भए । त्यस्तै, अघिल्लो महिनामात्र बङ्गबन्धु गोल्डकप नेपाललाई जिताउादा पनि नवयुगले माल्दिभ्ससागकै सेमिफाइनलमा ह्याट्रिक गरेका थिए । फाइनलमा बहराइनविरुद्ध पनि गोल गरेका उनी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी र उच्च गोलकर्ता बनेका थिए ।
    विसं २०६८ मा राष्ट्रिय टोलीमा परेका भएपनि केही महिनाअघि भारतमा सम्पन्न ‘साफ च्याम्पियनसिप’मा मात्र नवयुगले ‘डेब्यु’ गर्ने मौका पाए तर अतिरिक्त खेलाडीको रुपमा । लगत्तै भएको बङ्गबन्धु गोल्डकपमा पहिलो एघारमा स्थान बनाएपछि उनको कमाल सुरु भएको हो । त्यसयता ‘नवयुग’को आगमनले सााच्चै नेपाली फुटबलमा ‘नयाा युग’ प्रारम्भ भएको टिप्पणी गरिन थालिएको छ । यो जितले साग फुटबलमा २३ वर्षको खडेरीमा वर्षामात्र गराएको छैन सोमबार नै महिला फुटबलमा नेपालले भोगेको पीडामा मल्हम समेत लगाएको छ ।
    नेपालले प्राप्त गरेको सफलतापछि सामाजिक सञ्जालहरूमा समेत यतिखेर प्रधानमन्त्रीदेखि स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीले खुसी व्यक्त गरिरहेका छन् । जे जस्ता प्रतिक्रिया आइरहेका छन् यसले नेपाली फुटबलप्रेमी उपाधिका अत्यन्तै भोका रहेछन् भनेर पुष्टि गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारै एक विज्ञप्ति जारी गरी यो विजयले नेपालीको शिर उाचो बनाएको उल्लेख गर्दै नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय रहने छ भनि फुटबल टिमलाई बधाई दिएका थिए । म्याच फिक्सिङका खेलाडीहरूलाई कारबाही गर्दा नेपाली टोलीले २३ वर्षपछि एक महिनामै दुइटा सफलता हात पारेको छ । खेल मिलेमतोमा केही खेलाडी र प्रशिक्षक समेत गिरफ्तारीमा परी बर्खास्त भएपछि नवयुवाको बाहुल्य रहेको नेपाली टोलीले एक महिनाको बीचमा दुईवटा उपाधिमात्र दिलाएनन् नेपाली फुटबल सुस्ताएको मात्र रहेछ, सकिएको रहेनछ भन्ने तथ्यलाई पनि पुष्टि समेत गरेको छ ।
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: नवयुगको आगमनले नेपाली फुटबलमा ‘नयाँ युग’ Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top