Mero Samay

  • Latest News

      Feb 24, 2016

      लोडसेडिङ दैनिक दुई घण्टा कटौती

      काठमाडौं १३ फागुन २०७२ ।
      ११ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि लोडसेडिङ दैनिक दुई घण्टा कटौती गर्ने तयारी गरेको छ । भारतबाट ८० मेगावाट बिजुली आयात भएपछि आपूर्ति प्राधिकरणले लोडसेडिङ कटौटी गर्ने तयारी गरेको हो ।
      अबदेखि लोडसेडिङ दैनिक ११ घण्टा कायम भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यसअघि दैनिक १३ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
      प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएकाबेला ८० मेगावाट बिजुली आयात सम्बन्धी सम्झौतामा भएको थियो । सोही सम्झौताअनुसार प्राधिकरणले ढल्केबर(मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट शनिबारदेखि ८० मेगावाट बिजुली आयात सुरु गरेको थियो ।
      लोडसेडिङ कम गर्न अर्को वर्ष हिउँदसम्म ६ सय मेगावाट बिजुली आयात गर्ने सरकारको लक्ष्य छ ।
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: लोडसेडिङ दैनिक दुई घण्टा कटौती Rating: 5 Reviewed By: Mero samay