Mero Samay

  • Latest News

    Feb 25, 2016

    ‘दुईचार मान्छेसँग होइन सिधै सरकारसँग कुरा गर्नुस’

    काठमाडौं १४ फागुन २०७२ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् । सत्ता साझेदार दलका नेताहरुलाई आज प्रधानमन्त्री  निवास बालुवाटारमा भ्रमणबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट आफूले भारतिय समकक्षीसँग अडानसाथ कुरा राखेको बताए । 
    अडानका साथ आफ्ना कुरा राखियो’ ओलीले भने ‘संविधानसभाको ९० प्रतिशत बहुमतले संविधान जारी गरेको हो । यसमा तपाईँहरुको रिजर्भेसन किन भनेर प्रष्टसँग सोधें । यसमा मोदीजीले हाम्रो चाहना त केवल तपाँइहरु मिलेर जानुहोस भन्ने मात्र हो भन्नुभयो ।’
    भारतलाई सिधै नेपालको सरकारसँग सम्बन्ध राख्न आफूले भनेको प्रधानमन्त्री ओलीले जानकारी दिए । ‘दुई चारजना मान्छेसँग होइन नेपालका बारेमा सिधै सरकारसँग कुरा गर्नुपर्छ भनेँ’, ओलीले नेताहरुलाई जानकारी दिँदै भने ।
    बंगालदेशबाट अब सिधै नेपालमा बस्तुहरुको आयत गर्न सकिने सहमतिलाई ठूलो उपलब्धीका रुपमा लिुनपर्ने प्रधानमन्त्री ओलीले बताए ।
    भारतका बिभिन्न ठाँउमा आफूलाई भब्य स्वागत भएको जानकारी ओलीले नेताहरुलाई गराए । भारतीय जनताको पनि नेपालप्रति देखाएको सद्भावलाई प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।
    केही सञ्चार माध्यममा आएजस्तो भारतीय पक्षबाट हिन्दु राष्ट्रको बिषयमा कुनै कुरा नउठाइएको प्रधानमन्त्रीले स्पष्ट पारे । -अन्नपुर्ण पोष्टबाट
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: ‘दुईचार मान्छेसँग होइन सिधै सरकारसँग कुरा गर्नुस’ Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top