Mero Samay

  • Latest News

    Feb 25, 2016

    नेपालमा जहाज दुर्घटनाको डरलाग्दो शृङ्खला - मल्टिमिडिया रिपोर्ट (भिडियोहरू सहित)


    फागुन १३,काठमाडौं २०७२, ४६ वर्षयताको तथ्यांक केलाउँदा नेपालमा भएका ठूलामध्येका जहाज दुर्घटनामा ६ सय ८७ यात्रुको ज्यान गएको छ। यो ५ जनाभन्दा बढीको मृत्यु भएका दुर्घटनाको मात्रै आँकडा हो। ५ जनाभन्दा कमको ज्यान गएका दुर्घटनाको संख्या यसमा समावेश छैन।
    सबैभन्दा धेरै जहाज दुर्घटना नेपाल वायु सेवा निगमका भएको देखिन्छ। वायु सेवा निगमका ६ वटा ठूला दुर्घटना भएका छन्। जसमा १ सय ८ जनाको निधन भएको छ।

    साढेचार दशकयता नेपालमा भएका ठूला जहाज दुर्घटनाको तथ्यांक यस्तो छ !

    २०४९ असोज १२ गते पाकिस्तान एयरलायन्सको जहाज ललितपुरमा दुर्घटना हुँदा १ सय ६७ जनाको ज्यान गएको थियो। यो नेपालमा भएका जहाज दुर्घटनामध्येको सबैभन्दा ठूलो हो। सोही वर्ष २०४९ साउन २६ गते थाई एयरवेजको जहाज रसुवामा दुर्घटना हुँदा १ सय १३ जनाको ज्यान गयो, जुन नेपालमा भएको दोस्रो ठूलो हवाई दुर्घटना हो। सय जनाभन्दा बढीको ज्यान जाने २ वटा दुर्घटना भएका छन्।
    बुधबार २३ जनाको ज्यान जानेगरी म्याग्दीमा भएको दुर्घटना तारा एयरको दोस्रो ठूलो दुर्घटना हो। २०६७ मंसिर २९ गते ओखलढुंगाको श्रीचौरमा तारा एयरको जहाज दुर्घटना हुँदा २२ जनाको ज्यान गएको थियो। दुई ठूला दुर्घटनामा तारा एयरलायन्समा ज्यान गुमाउनेको संख्या ४५ छ। नेकोन एयरका जहाज पनि दुई पटक ठूला दुर्घटनामा परे, जसमा २० जनाको निधन भयो। अग्नि एयरका दुई जहाज दुर्घटनामा परे, जसमा २९ यात्रुको ज्यान गयो। नेपाली सेनाको जहाज पनि दुई पटक दुर्घटनामा परे, जसमा ३७ को मृत्यु भयो।
    १५ जनाभन्दा बढी यात्रुको ज्यान जानेगरी भएका दुर्घटनामा एभरेष्ट एयर १९ जना, लुम्बिनी एयरबेज १८ जना, सांग्रिला एयर १८ जना र श्रीएयरलाइन्स २४ जनाको निधन भएको तथ्यांक छ। २० भन्दाबढी यात्रुको ज्यान जानेगरी ५ वटा दुर्घटना भएका छन्। साढे चार दशकको यो अवधिमा ठूला जहाज दुर्घटना २७ वटा भएका देखिन्छ।- इन्फोग्राफिक्सः टेकनारायण भट्टराई - नागरिक

    हवाइ दुर्घटना कभरेजका केही फाइल भिडियोहरूः

     

     


    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: नेपालमा जहाज दुर्घटनाको डरलाग्दो शृङ्खला - मल्टिमिडिया रिपोर्ट (भिडियोहरू सहित) Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top