Mero Samay

  • Latest News

    Feb 25, 2016

    एउटा आलुको तस्वीर १२ करोड !

    एजेन्सी । सुन्दा पनि पत्यार नलाग्ने एउटा आलु १२ करोडमा विक्री भएको कुरा । तर, यो साँचो हो । यो माथि देखाइएको तस्वीर आलुको हो । खासमा आलुको तस्वीर १२ करोडमा विक्री भएको हो ।
    विश्वकै चर्चित आइरिस फोटोग्राफर केविन अबोसले सन् २०१० मा खिचेको यो तस्वीरलाई एक व्यापारीले १ मिलियन युरो अर्थात १२ करोड रुपैयाँ हालेर किनेका बेलायतको मेट्रो पत्रिकाले जनाएको छ ।
    उक्त फोटो किन्ने युरोपका ती व्यापारीको खुलाइएको छैन् । उनी केविनको बच्चैदेखिको फ्यान रहेको बताइएको छ । कालो परिदृश्यमा पोट्रेट फोटोग्राफीका लागि केविन चिनिन्छ । उनले लिएको आलुको तस्विर पनि त्यही प्रकारको रहेको छ जसलाई पोट्रेट ३४५ नाम दिइएको छ ।
    केविनको स्टुडियोका एक कर्मचारीका अनुसार उनलाई आलु निकै मनपर्छ ।
    त्यही भएर उनले विभिन्न आलुहरुको तस्विर लिएका थिए, जसमध्ये यो उनको सबैभन्दा मनपर्ने तस्विर हो । केविन बिजनेस र शो बिजनेसका चर्चित व्यक्तिका लागि स्टाटस सिम्बोल नै बनेका छन् ।
    उनले चर्चित व्यक्तित्वहरुको फोटो खिचेका छन् जसमा गुगल चेयरम्यान एरिक स्मिथ, ट्वीटरका ज्याक डोर्सी, कला क्षेत्रबाट जोनी डेप, स्टीवन स्पिल्सवर्ग लगातका तस्विरहरु खिचेका छन् ।
    महंगो मूल्यमा आलुको तस्वीर विक्री भएपछि कविनको भईमै खुट्टा छैन् । अन्य मानिसहरु भने अचम्ममा परेका छन् ।
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: एउटा आलुको तस्वीर १२ करोड ! Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top