Mero Samay

  • Latest News

    Feb 24, 2016

    दुर्घटनाग्रस्त विमानमा सिडियो कार्यालयका कर्मचारीदेखि सैनिकसम्म परे


    मस्ताङ १२ फागुन २०७२। मुस्ताङका नापी अधिकृत खिमलाल गौतम बुधबार बिहान पोखराबाट तारा एयरमा जोमसोम जाने तयारीमा थिए । तर, उनलाई एकाएक मोटरसाइकलमा जाने झ्वाँक चल्यो । र, उनी मंगलबारै मोटरसाइकल चढेर जोमसोम पुगे ।
    आफू जोमसोम पुगे पनि गौतमले नापी कार्यालयका केही सामान भने बुधबार बिहानको तारा एयरबाट ल्याउने प्रवन्ध गरेका थिए, विमान बेपत्ता भएसँगै नापी कार्यालयको सामान अहिले बेपत्ता भएको छ ।
    भीमदल गण मुस्ताङमा कार्यरत सैनिक राजकुमार तामाङ काठमाडौंमा रहेका आफ्ना छोराको पास्नीका लागि नापी अधिकृत गौतमसँगै काठमाडौं पुगेर जोमसोम र्फकँदै थिए । तर, उनी मोटरसाइकलमा नभई बुधबार बिहानको तारा एयरमा चढे ।
    मुस्ताङ जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रेवती बराल पनि बुधबार विहान तारा एयरमार्फत जोमसोम र्फकंदै थिए । पोखराको मासवार घर भएका बराल घरविदामा आएर कार्यालय फर्केका हुन् ।
    मुस्ताङको कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी बालकृष्ण न्यूरे पनि बुधबारकै तारा एयरमा चढेका थिए । बाग्लुङ घर भएका उनी पनि घरबाट आफ्नो कार्यक्षेत्रमा जाँदै थिए ।
    स्थानीय मुक्तिनाथ गाविसका सचिव मुक्तिनाथ बास्तोला पनि बुधबार बिहान तारा एयरको विमान चढेर पोखराबाट जोमसोमका लागि उडेका थिए । उनी पोखराको फूलबारी निवासी हुन् ।
    पोखरा(जोमसोम हवाइ मार्ग हिमालपारिको जिल्ला मुस्ताङमा कार्यरत सरकारी कर्मचारीहरुको आवत(जावत गर्ने मुख्य गन्तव्य मानिन्छ । मुस्ताङमा अधिकांश सरकारी कर्मचारीहरु बाहिरी जिल्लाबाट जाने गर्दछन् ।
    बुधबार तारा एयरमा सेना र निजामति कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो । अहिलेसम्मको प्राप्त तथ्यांक अनुसार विमानमा सिडियो कार्यालयका नायव सुब्बादेखि सैनिकसम्म गरी ४ जना सरकारी कर्मचारी सवार रहेको पाइएको छ ।
    सरकारी कर्मचारीबाहेक मुस्ताङका स्थानीय नागरिक, व्यापारी तथा मुक्तिनाथ घुम्न जानेहरुको पनि यो रुटबाट आवत(जावत हुने गर्छ ।
    जोमसोम गाविसका सचिव राममणि ढकालले दिएको जानकारी अनुसार विमानमा सरकारी कर्मचारीका साथै केही स्थानीय र समाजसेवीहरु पनि चढेको पाइएको छ ।
    विमानमा सवार मोतीबहादुर केसी र पवित्रा केसी मुस्ताङका निवासी होइनन् । उनीहरु मुक्तिनाथ घुम्न आएको हुनसक्ने अनुमान गरिएको छ । साथै विमानमा रहेका दुई बालवालिकाको पनि विवरण खुल्न बाँकी छ ।
    त्यस्तै लक्ष्मी हिराचन, विनता भट्टचन, कृष्णलाल भट्टचन, दिलकुमारी गौचन र कृष्णलाल गौचन स्थानीय जिल्लावासी हुनसक्ने ढकालले बताए ।
    विमानमा सवार कमला थकाली जोमसोमकी चिरपरिचित सामाजिक कार्यकर्ता हुन् ।
    चालक दलका सदस्यसहित २१ जना सवार विमानका अन्य यात्रुहरुमा अहमद आ रलरसद र माक सिउ यिङ विदेशी नागरिक हुन् ।
    त्यसैगरी विमानमा कान्छा परियार, डोल्मा छिरिङ शेर्पा, लेप्साङ लामा, फेन्जोक गुरुङ र देवीजंग गुरुङ पनि सवार रहेको तारा एयरले जनाएको छ । - अनलाइनखबर
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: दुर्घटनाग्रस्त विमानमा सिडियो कार्यालयका कर्मचारीदेखि सैनिकसम्म परे Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top