Mero Samay

  • Latest News

    Feb 24, 2016

    अब प्लस टु पनि ग्रेडिङमा

    काठमाडौँ १२ फाल्गुन २०७२- उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने भएको छ ।
    शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बसेको परिषद् बैठकले आउँदो शैक्षिक सत्रबाट ११ मा भर्ना भएका विद्यार्थीको मूल्यांकन ग्रेडिङ पद्धतिबाट गर्ने निर्णय लिएको हो । एसएलसीमा जस्तै उच्च माध्यमिक तह र सीटीईभीटीमा ग्रेडिङ पद्धति लागू गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।
    निर्णय कार्यान्वयन गर्न परिषदका प्रशासनिक महाशाखा प्रमुख दुर्गा अर्यालको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ ।
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: अब प्लस टु पनि ग्रेडिङमा Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top