Mero Samay

  • Latest News

    Feb 25, 2016

    लोकमान सिंह कार्कीद्धारा अचानक राजीनामा

    काठमाडौं, १३ फागुन २०७२। राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको दावा गुरुङ नेतृत्वको नेपाल कराँते महासंघको संरक्षक पदबाट लोकमान सिंह कार्कीेले अचानक राजीनामा दिएका छन् ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समेत रहेका कार्कीले १२ औं दक्षिण एशियाली खेलकुदमा पदकको संभावना रहेको लोकप्रीय खेल समावेश नगरिएको तथा सागमा नेपालको प्रदर्शन कमजोर रहेको भन्दै संरक्षक पदबाट राजीनामा दिएका हुन् ।
    नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङले भने संरक्षक कार्कीको राजीनामाको बिषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।
    दुई कराँते महासंघ अस्तित्वमा रहेसंगै विवाद चुलिएपछि सबै मुलुकका ओलम्पिक कमिटीको बैठकले सागमा कराँते नराख्ने निर्णय गरेको थियो ।
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: लोकमान सिंह कार्कीद्धारा अचानक राजीनामा Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top