Mero Samay

  • Latest News

    Feb 25, 2016

    पहिलोपटक डेढ लाख मधेसी जनताका अगाडि ओर्लिदै प्रधानमन्त्री ओली (फोटो फिचर)

    भैरहवा, १४ फागुन २०७२ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार आज झण्डै डेढ लाख मधेसी जनताका अगाडि ओर्लिने भएका छन् ।
    रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजित विशाल सभालाई सम्बोधन गर्न ओली भैरहवा आउन लागेका हुन् ।
    नयाँ संविधानको प्रचारप्रसार र मधेसी जनतामा रहेको भ्रम चिर्न नेकपा एमाले शाखा रुपन्देहीले आयोजना गरेको कार्यक्रममा मधेसका डेढ लाख जनता सहभागी हुने आयोजकले दाबी गरेको छ ।
    एमालेका अध्यक्ष समेत रहेका ओलीसहित महासचिव इश्वर पोखरेल उपमहासचिवद्वय घनश्याम भुसाल, विष्णु पौडेल, सचिव पृथ्वी सुब्बा गुरुङ, स्थानीय कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा लगायतले सम्बोधन गर्ने सो कार्यक्रमका लागी २० बाइ ४० को दक्षिण फर्केको मन्च निर्माण भएको छ ।

    मन्चको विचमा नेपालको राष्ट्रिय झण्डा र साइड साइडमा एमालेको चुनावी झण्डा सूर्य र दाया बायां कम्युनिष्टको झण्डा हसिया र हथौडा अंकित झण्डा टांगिएको छ । फुलैफुलको सजावट भएको उत्तर फर्केको मन्चबाट प्रधानमन्त्री तथा अन्य मन्त्री र नेताहरुले जनतालाई सम्बोधन गर्ने मन्च व्यवस्थापन समितीका संयोजक एमाले रुपन्देही जिल्ला उपसचिव राजेन्द्र प्रसाद पन्थीले जानकारी दिए ।
    रंगशाला क्षेत्रमा भिआइपीहरु पूर्वीगेटबाट र र्याली पश्चिम गेटबाट रंगशालामा प्रंवेश गर्ने गरी रंगसालामा व्यवस्थापन गरिएको पार्टिका रुपन्देही क्षेत्र नम्बर २ का इन्चार्ज हरि प्रसाद अधिकारीले जानकारी दिए । सभालाई दिउँसो १२ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने एमालेले जनाएको छ ।
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: पहिलोपटक डेढ लाख मधेसी जनताका अगाडि ओर्लिदै प्रधानमन्त्री ओली (फोटो फिचर) Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top