Mero Samay

  • Latest News

    Feb 26, 2016

    विमान दुर्घटना अपडेट - चालक दलका दुईकाे मृत्यु

    फागुन १४ काठमाडौं, २०७२ । केही बेरअघि कालिकोटमा दुर्घटनामा परेको एयर काष्ठमण्डपको विमान चालक दलका दुईकाे निधन भएको स्थानीयले जानकारी दिएका छन् ।
    घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले जनाएअनुसार विमानका दुवै पाइलटको मृत्यु भएको हो। कालिकोटको चिलखाया गाविस वडा नम्बर २ को गहुबारीमा विमान दुर्घटना भएको हो। 'एकजना पाइलटलाई निकाल्दा निकाल्दै मृत्यु भएको हो,' घटनास्थलबाट अजबहादुर खत्रीले टेलिफोनमा भने, 'समयमै उद्दार गर्न नसक्दा दुवै पाइलटको ज्यान गयो।' उनका अनुसार विमान दुर्घटनामा यात्रुहरु सबै घाइते छन्। ९ यात्री र तीन चालक दलका सदस्य रहेको विमान सदरमुकाम मान्माबाट पूर्व करिब २० कोश टाढा रहेको चिलखाया गाविसमा दुर्घटना भएको हो। 'प्लेन बाङ्गिँदै आएको थियो। हेर्दा हेर्दै ढल्किएर जोतियो,' प्रत्यक्षदर्शी खत्रीले भने। उनका अनुसार विमानको अघिल्लो भाग पूरै भित्तामा जोतिन पुगेको छ। घटनास्थलमा सुरक्षाकर्मी पुगिसकेका छैनन्। चिलखाया गाविस २ का शेरबहादुर परियारका अनुसार विमान अवतरण गर्ने प्रयास गर्दागर्दै दुर्घटना भएको थियो। 'प्लेन रोक्न खोज्दै थियो, त्यही बेलामा चुतेबाझाँमा ठोक्कियो,' उनले भने, 'एकजना पहिल्‍यै बिते, एक जनाको उपचार गर्दागर्दै निधन भयो।'   दुर्घटनमा परी ८ जना घाइते भएको जुम्लाका प्रहरी प्रमुख डिएसपी विष्णुहरि कोइरालाले जानकारी दिए। कोइरालाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको जानकारी दिए। नेपालगञ्जबाट जुम्ला जाँदै गरेको विमान दुर्घटना भएको हो।   विमान कालिकोट जिल्लामा दुर्घटना भएको हो। 9N AJB कल साइन भएको विमानमा खराबी आएपछि फोर्स ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो। - पहिलोपाेष्ट 
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: विमान दुर्घटना अपडेट - चालक दलका दुईकाे मृत्यु Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top