Mero Samay

  • Latest News

    Feb 27, 2016

    नारी दिवसमा महिलाहरूले रक्तदान गर्ने

    वीरगंज १५ फागुन २०७२,
    अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पारेर  बुमेन फर ब्लड र नर्सिङ एसोसिएशन अफ नेपाल, पर्साको संयक्त आयोजनामा यही फागुन २२ गते शनिबार विरगंजमा यस वर्षमा पनि रक्तदान कार्यक्रम हुने भएको छ । हिमाञ्चल केविनमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था मध्ये बुमेन फर ब्लडकी अध्यक्ष मायामितु न्यौपानेले गत वर्षको कार्यक्रमबाट उत्साहित भएर कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको बताउनुभयो । रगत लिने महिलाहरुको संख्या एकदमै बढी तर रक्तदान कार्यक्रममा भने रगत दिने महिलाको संख्या ज्यादै न्यून हुना गरेकाले पनि कार्यक्रमको आयोजना गरिएको न्यौपानेले बताउनुभयो । कुनै शारीरिक समस्या नभएमा हरेक तिन तिन महिनामा रक्तदान गर्न सकिने भए पनि रगत दिदा कमजोर भइन्छ भन्ने धारणाका कारण कतिपय महिला रक्तदान गर्न पछि पर्ने भएकाले उत्प्रेरणा जगाउन आवश्यक रहेको र कार्यक्रम सफलताका लागि सबैलाई सहयोग गरिदिन पनि उहाले आग्रह गर्नु भयो ।  रक्त सञ्चार केन्द्र वीरगञ्जका प्रमुख प्रविण मानन्धरले गत वर्ष एउटै कार्यक्रममा एकसय भन्दा बढी महिलाले एकैपटक रक्तदान गरेको वीरगञ्जमा मात्रै नभएर नेपालमै पहिलोपटक भएको दाबी गर्दै कार्यक्रममा ग्रामिण महिलाहरुलाई पनि समावेश गराउन सके अझै प्रभावकारी हुने बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जरा, ब्लड डोनर्स एसोसिएशनका अध्यक्ष शत्रुघन नेपाल, कृष्णउदास खनाल, भूषण यादव, सन्तोष पटेल, विक्रान्त नेपाल, अमित श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रम  फागुन २२ गते शनिबार विहान ७ बजेदेखि अपरान्ह १२ बजेसम्म हिमाञ्चल केविनमा हुनेछ । 

    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: नारी दिवसमा महिलाहरूले रक्तदान गर्ने Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top