Mero Samay

  • Latest News

    Feb 25, 2016

    आकाशबाट खस्यो रहस्यमय वस्तु, के हो यो जसले जमिनै हल्लायो ?


     एजेन्सी । पृथ्वीमा एकपटक फेरि अनौठो बस्तु आकाशबाट खसेको छ । यसअघि ताइवानमा गोलाकार आकारमा अनौठो वस्तु खसेको थियो । जसको अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । उक्त वस्तु खसेको दुई महिनानवित्दै केही दिन अगाडि फेरि पृथ्वीमा अनौठो बस्तु खसेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ ।
    उक्त वस्तु भारतको तामिलनाडुको भेल्लोर शरमा एउटा इन्जिनियरिङ कलेज परिसरमा केहि दिनअघि आकाशबाट खसेको हो । उक्त रहस्यमय वस्तु खस्दा ठूला्े आवाज सुनिएको थियो । यो विस्फोट हुँदा जमिनमा खाल्डो समेत बन्यो । नजिकका भवनहरुका झ्यालका सिसा चर्किए । पार्किङमा रहेका बसहरुका सिसा फुटे भने एक ट्रक ड्राइभरको मृत्युसमेत भयो ।

    यो घटनाको कोही पनि प्रत्यक्षदर्शी थिएनन् । यद्यपि, विष्फोटपछि सबैभन्दा पहिले पुग्नेमा इन्जिनियरिङ कलेजका प्रिन्सिपल एक थिए । उनले आफू त्यो बेला अफिसमा रहेको भन्दै एक मिनेटसम्म कलेजका भवनहरु थर्थराएको महसुस गरेको बताए । उनले भने– ‘सबै विद्यार्थी तथा फ्याकल्टी मेम्बर बाहिर आए । बाहिर बुङबुङ धुलो उडेको थियो । यो विष्फोट यति ठूला थियो कि पानीको ट्याङ्की नै फुट्यो र पानी पिउन गएको ड्राइभर मारियो ।’
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: आकाशबाट खस्यो रहस्यमय वस्तु, के हो यो जसले जमिनै हल्लायो ? Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top