Mero Samay

  • Latest News

    Feb 25, 2016

    सिडिओलाई पिट्ने पूर्व कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई कारवाही

    वीरगञ्ज, १३ फागुन २०७२ । प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई पिटेको मुद्दामा पूर्व कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई कारवाही भएको छ ।
    पर्सा जिल्ला अदालतले बिहीबार उनलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ । बेगम कृषि तथा सहकारी राज्यमत्री हुँदा बीरगञ्ज भ्रमणका क्रममा पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई पिटेको मुद्दामा अन्तिम फैसला गर्दै पर्सा जिल्ला अदालतले दुई हजार रुपैयाँ जरीबाना गरेको हो ।
    पर्सा जिल्ला अदालतका न्यायधीश बिष्णु सुवेदीको इजलाशले यस्तो फैसला गरेको हो ।
    २०६६ साल कार्तिक २४ गते तत्कालिन कृषि तथा सहकारी राज्यमंत्री बेगमले बीरगंज आउँदा सीमरा बिमानस्थलमा लिन पुरानो गाडी पठाएको भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई उनकै कार्यकक्षमा कुटेकी थिइन् ।
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: सिडिओलाई पिट्ने पूर्व कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई कारवाही Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top