Mero Samay

  • Latest News

    Feb 24, 2016

    शनिबारदेखि ८० मेगावाट विद्युत् आपूर्ति, परीक्षण प्रसारण सफल

    फाल्गुन १२, २०७२, ढल्केबर मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएको छ । ढल्केबरदेखि मुजफ्फरपुरसम्म १ सय ३० किमि लम्बाइको उक्त प्रसारण लाइनको नेपालतर्फ १ सय ११ र भारततर्फ २ सय ३७ टावर निर्माणपछि बुधबार ९फागुन ५ गते० भारतबाट १५ मेगावाट विद्युत् परीक्षणका रूपमा आपूर्ति गरिएको थियो ।
    परीक्षण प्रवाहलाई बढाउँदै बिहीबार ६० मेगावाट र शुक्रबार ७५ मेगावाटसम्म आपूर्ति गरिएको छ । परीक्षण सफल भएकाले लाइन उद्घाटनको भव्य तयारी गरिएको छ । शनिबार हुने उद्घाटनको प्रत्यक्ष प्रसारण गर्न भारतीय दूरदर्शनको टोलीसमेत ढल्केबर आइपुगेको छ ।
    अन्तर्देशीय लाइनको परीक्षण प्रसारण अनुगमन र निगरानीका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्ले स्वयं ढल्केबरमा छन् । उनले सबै ठीकठाक रहे उद्घाटनसँगै शनिबारदेखि भारतबाट ८० मेगावाट विद्युत् आपूर्ति हुने जनाए ।
    काफ्लेका अनुसार परीक्षण सफल भएकाले आगामी दिनमा ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनमार्फत २ सय २० एमभीए सबस्टेसनबाट थप विद्युत् आयात गरिने लक्ष्य छ । यही प्रसारण लाइनमार्फत आयात २ सय मेगावाट बिजुली आयात गर्न विद्युत् प्राधिकरण र भारतीय कम्पनी एनभीभीएनबीच सम्झौतामा हस्ताक्षरसमेत भइसकेको छ । सानो क्षमताको मात्र सबस्टेसन तयार भएकाले हाललाई ८० मेगावाट आयात गरिनेछ ।
    ग्रिड सञ्चालन विभागका निर्देशक ब्रजभूषण चौधरीका अनुसार छुट्टै सबस्टेसन नहुँदा अहिले आयात गरिएको ८० मेगावाट ढल्केबरको जमुनिवास नजिक अन्तर्देशीय प्रसारण लाइनलाई सर्किट नं। २ मा ‘ट्याप’ गरी ढल्केबर, चन्द्रनिगाहपुर, पिलुवा र परवानीपुर सबस्टेसनमार्फत वितरण गरिएको छ ।
    ढल्केबरमा सबस्टेसन बनेपछि मात्र अन्तर्देशीय प्रसारण लाइनबाट पूर्ण क्षमतामा ९२ सय मेगावाट० विद्युत् आयात गर्न सकिने उनले जनाए । अन्तर्देशीय प्रसारण लाइनअन्तर्गतको ढल्केबर–भिट्ठामोड आयोजनाका प्रमुख अशोक पण्डितका अनुसार ढल्केबरमा २००र१३२ केभी र २र१६ एमभी क्षमताको सबस्टेसन बनाउन ‘सेन्ट्रल चाइना पावर ग्रिड कर्पोरेसन’ ९सीसीपीजी० ले ठेक्का लिई काम सुरु गरिसकेको छ । आउँदो सेप्टेम्बरसम्म काम सम्पन्न हुने लक्ष्य छ । (कान्तिपुर)
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: शनिबारदेखि ८० मेगावाट विद्युत् आपूर्ति, परीक्षण प्रसारण सफल Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top