Mero Samay

  • Latest News

    Feb 23, 2016

    प्रहरीलाई ५० हजार घुस दिई गाडीको फ्लश बटन भित्र सय केजि चरेश भारत लैजान लागेको अवस्थामा चालक पक्राउ, गाडी नियन्त्रणमा (फोटो फिचर)

     वीरगंज ११ फागुन, २०७२  
    जियालाल साह 
    जिल्ला प्रहरी कार्यलय पर्साले अबैध रुपमा पिक अप गाडीको छतमा फ्लस बटन प्रयोग गरी लुकाई छिपाई भारत लैजान लागेको लागु औषध चरेश सहित एक चालकलाई गएराति नियन्त्रणमा लिएको छ । प्रहरीलाई ५० हजार घुस दिएर भारत लैजान लागेको सय केजि चरेश, गाडी सहित चालकलाई पक्राउ गरि आज प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।  
    पर्साको भौराटार गा.वि.स. ९ स्थित पटनी नहरको बाटो भएर बा ६ च ५०४ नम्बरको डि.आई. पिक अप गाडीको छतमा विशेष बक्सा (फ्लश बटन) बनाई एक सय केजि चरेश भारत लैजान लागेको अवस्थामा सुचनाको अधारमा प्रहरीले गाडी सहित सिन्धुपाल्चोक २ गाविस गाती घर भएका २७ वर्षिय तुलाराम तमाङ्गलाई पक्राउ गरेको हो । प्रहरीले गाडी चेकजाँच गरि चरेश फेला पारिसकेपछि चालक तमाङ्गले प्रहरीलाई ५० हजार घुस दिई छोडिदिन आगूह गरेका थिए । 
    घटनास्थलमा रहेका महुवन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विरेन्द्र साह कानुलाई गाडी छोडिदिन ५० हजार नगद घुस दिईरहेको अवस्थामा चालकको साथबाट नगद ५० हजार सहित नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । निकै चलाकि पुर्ण तरिकाले चालकले गाडीको पछाडि भागको तल इन्धन ओसार पोसार गर्ने ग्यालेन र माथि फ्लश बटन बनाई लागु औषध लोड गरि भारत लैजान लागेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । 
    पछिल्लो समयमा तराईका जिल्लाबाट पहाडि भेगमा समेत लागु औषधको खेति गर्ने गरेकाले महिनै पिच्छे प्रहरीले लागुऔषध बरामद गर्ने गर्दछन् । 

    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: प्रहरीलाई ५० हजार घुस दिई गाडीको फ्लश बटन भित्र सय केजि चरेश भारत लैजान लागेको अवस्थामा चालक पक्राउ, गाडी नियन्त्रणमा (फोटो फिचर) Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top