Mero Samay

  • Latest News

    Feb 25, 2016

    अनलाइनबाट टिकट किन्नेलाई जेट एयरवेजको विशेष सुविधा, वेबसाइट, मोवाइल साइट र एपबाट पाइने

    काठमाडौँ, १४ फागुन २०७२ । जेट एयरवेजले आफ्नो बेवसाइट जेटएययर डटकम, मोवाइल साइट एमडट जेटएयरवेज डटकम र मोवाइल एप जेटएयरवेजमार्फत टिकट किन्ने यात्रुहरुलाई प्रतिवद्धता अनुसारको मूल्यमा यात्रुलाई सेवा दिने भएको हो।
    यो प्लेटफर्मअनुसार यात्रुहरुले काठमाडौंबाट टिकट लिनुपर्नेहुन्छ। पहिलो फ्लाइट काठमाडौंबाट हुनुपर्नेछ र यसको सेवा नेपाल र भारतमा पनि लागु हेनेछ।
     बेस्ट प्राइसको पहिलो हिस्साको रुपमा अरु एयरलाइन्स कम्पनीको अनलाईन प्लेटफर्मभन्दा जेट एयरवेजले आफ्नो उडानको लागि एयरलाइनन्सको सबैभन्दा राम्रो डिजिटल प्लाटफर्म हुनेछ। यो सेवा नेपालका यात्रीका लागिमात्र उपलव्ध हुनेछ भने नेपालबाट भारत जाने र भारतभरी यात्रा गर्नका लागि उपलब्ध हुनेछ तर यसका लागि नेपाबाट नै टिकट लिनुपर्ने हुन्छ।
     जेट एयरवेजका मार्केटिङ भाइस प्रेसिडेन्ट गौराङ्ग सेट्ठीले भने, ुयो हाम्रा लागि अतिथि सुनिस्चित गर्ने नितान्त नयाँ काइदा हो, यसमा यात्रीले परिष्किृत यात्रा र सेवालाई अझ विस्तार र फरक परिचय दिन लागेका हौं। -  विजमान्डु
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: अनलाइनबाट टिकट किन्नेलाई जेट एयरवेजको विशेष सुविधा, वेबसाइट, मोवाइल साइट र एपबाट पाइने Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top