Mero Samay

  • Latest News

    Feb 25, 2016

    बैंक तथा वित्तीय संस्थाको सबै संस्थापक सेयर साधारणमा परिवर्तन गर्न पाइने


     काठमाडौँ, १४ फागुन २०७२ ।  बैंक तथा वित्तीय संस्थाहरुले संस्थापक सबै सेयरहरु साधारणमा परिवर्तन गर्न पाउने भएका छन् । कारोबार सञ्चालन गरेको १० बर्ष पुरा भएपछि बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट स्वीकृति लिएर संस्थापक सेयर साधारणमा परिवर्तन गर्न पाउने भएका हुन् ।
    राष्ट्र बैंकले साधारणमा परिवर्तन गर्न भने केही सर्तहरु भने राखेको छ । पुँजी बजार, बैंकिङ लगायत समग्र वित्तीय क्षेत्रमा प्रभाव नपर्ने गरी संस्थापक सेयर साधारणमा परिवर्तन गर्न सकिन्छ । 

    संसदमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमा संस्थापक सेयर साधारणमा लैजान सकिने उल्लेख छ । पुँजी बृद्धिका लागि मर्जर गर्ने रणनीति बनाएका बैंक तथा वित्तीय संस्थाहरुले विधेयक संसदमा गएपछि अहिले त्यसलाई थाँती राख्दै आफैले पैसा हालेर पुँजी बढाउने योजनामा समेत लागेका छन् ।
    बैंकरहरुका अनुसार, अहिले प्रति कित्ता १०० रुपैयाँका दरले हकप्रद सेयरबाट पुँजी बढाउँदा ऐन पारित भएपछि त्यसलाई बजारको मूल्यमा बेच्न पाइने भएकाले पनि मर्जरभन्दा आफैले पैसा हाल्नेमा केही संस्थाहरु लागेका छन् ।
    विधेयकको परिच्छेद–३ मा धितोपत्रको कारोबार सम्बन्धि व्यवस्थामा साधारण सेयरमा परिवर्तन गर्न सकिने ब्यवस्था छ । विधेयकको दफा ११ को स्पष्टीकरणमा यस्तो व्यवस्था गरिएको छ ।
    विधेयकमाथि अहिले ससंदीय समितिमा छलफल भइरहेको छ । ससंदले विधेयक पारित भएकै दिनदेखि नयाँ व्यवस्था लागू हुन्छ ।
    विधेयक जस्तोको त्यस्तै पारित भएमा सबैभन्दा कान्छो बाणिज्य बैंक सेञ्चुरीका संस्थापकहरुले २०७७ साल चैतबाट आफ्नो सेयरलाई साधारणमा परिवर्तन गरेर विक्री गर्न पाउने छन् ।
    विधेयक भोली नै पारित भएको अवस्थामा पनि १४ बाणिज्य बैंक, ११ विकास बैंक र तीन दर्जन फाइनान्स कम्पनीका प्रबद्र्धकले आफ्नो सेयर साधारणमा परिवर्तन गरेर विक्री गर्न सक्छन् ।
    विद्यमान ऐनले संस्थापकहरुलाई सबै सेयर साधारणमा परिवर्तन गर्न विशेष सुविधा दिएको छैन । ५१ प्रतिशत सेयर संस्थापकमै हुनु पर्ने विद्यमान व्यवस्था छ ।
    अहिले २९ बाणिज्य बैंक, ७३ विकास बैंक, ४७ फाइनान्स कम्पनी र ४१ वटा लघुवित्त विकास बैंकहरु सञ्चालनमा छन् । पुराना संस्था मर्जर भएर बनेकाहरुलाई राष्ट्र बैंकले एकिकृत कारोबार गरेको दिनदेखि सञ्चालनमा आएको रुपमा गणना गरेको छ । यसो हुँदा भर्खरै मर्जरमा गएकाहरुले भने संस्थापकलाई साधारणमा परिवर्तन गर्न कम्तिमा ६ बर्षसम्म कुर्नु पर्ने हुन्छ । सुदर्शन सापकोटा - बिजमाण्डू

    कुन संस्था कहिलेबाट सञ्चालनमा आए । लिष्ट यहाँ क्लिक गरेर हेरौँ ।

    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: बैंक तथा वित्तीय संस्थाको सबै संस्थापक सेयर साधारणमा परिवर्तन गर्न पाइने Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top