Mero Samay

  • Latest News

    Feb 24, 2016

    मोदीको सन्देश हिन्दु राज्य

    काठमाडौं १३ फागुन २०७२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पुनः हिन्दु राज्यको संवैधानिक हैसियत स्थापित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । नयाँदिल्लीमा शनिबार मध्यान्ह दुई प्रधानमन्त्रीबीच ४० मिनेट भएको एकल वार्तामा मोदीले यस्तो आग्रह गरेको स्रोतले दावी गर्‍यो, अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
    नेपाल हिन्दु राज्य हुनुपर्छ भन्ने मोदीको आफ्नै मान्यता र उनको दल भारतीय जनता पार्टीको दबाबका आधारमा उनले ओलीलाई त्यस्तो आग्रह गरेको पनि स्रोतले बतायो । यद्यपी ओलीले मोदीको उक्त प्रस्तावलाई स्वीकार र अस्वीकार कुनै कुरा स्पष्टसँग भन्न नसके पनि आफूले स्वीकारेको राजनीतिमा उक्त प्रस्तावले अप्ठ्यारो पार्नसक्ने धारणा राखेका थिए ।
    कांग्रेस आईको नेतृत्वमा रहेको भारतको पूर्ववर्ती सरकारले नेपाललाई गणतान्त्रिक धर्मनिरपेक्ष बनाउन हस्तक्षेपकारी भूमिका निर्वाह गरेको थियो ।
    संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गरेको थियो । त्यसअघि ०६३ जेठमा पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठकले विवादास्पद तरिकाबाट नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको थियो ।
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: मोदीको सन्देश हिन्दु राज्य Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top