Mero Samay

  • Latest News

    Feb 25, 2016

    एसएसपी सर्वेन्द्र खनालको घोषणा ठग मेनपावरलाई नछाड्ने को-को पक्राउ परे ?

    काठमाडौं, १३ फागुन २०७२ । नेपाल प्रहरीका सफल अफिसर एवं महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले अवैध धन्दा गर्ने मेनपावर सञ्चालकहरुलाई कारवाही गरेरै छाड्ने घोषणा गरेका छन् ।आफ्नो विशेष अप्रेशन अन्तर्गत खनालले बुधबार राजधानीका १७ वटा मेनपावर कम्पनीमा छापा हान्नुका साथै केही सञ्चालकलाई पक्राउ गरेका थिए ।
    उनीहरुलाई विहीबार सार्वजनिक गर्दै पीडितले लिखित र मौखिक उजुरी दिएको आधारमा आफूहरुले मेनपावर व्यावसायीहरुलाई पक्राउ गरेको र कानुनअनुसार कारवाही गरिने बताए । ‘ठगी धन्दा गरेर कानुन भन्दा कोही पनि हुँन सक्दैन, अवैध धन्दा गर्ने विदेशमा पठाएर अलपत्र पार्ने बढी पैसा लिनेहरुलाई कारवाही हुन्छ,’ उनले भने ।
    वैदेशिक रोजगारमा पठाउदा फ्रि भिषा, फ्रि टिकट गरी अधिकतम दस हजार रुपैयाँ भन्दा बढी लिन नपाउने सरकारको नीति रहेको छ । तर, केही मेनपावर कम्पनिहरुले विदेशमा रोजगारीमा पठाउदा धेरै रकम लिने गरेको, कामदारहरुलाई तोकिएको संझौता अनुसारको काम नलगाई श्रमशोषण गरी मानव बेचविखन समेत गरेको, भिजिट भिषामा कामदार पठाई विदेशमा अलपत्र पार्ने र नक्कली कागजातहरु समेत बनाई विदेश पठाउने गरेको आधारमा पक्राउ गरिएको एसएसपी खनालले बताए ।
    पक्राउ परेकाहरुलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौ, ललितपुर र बैेदेशिक रोजगार विभागमा पठाईएको महाशाखाले जनाएको छ ।
    यस्ता छन् पक्राउ परेका मेनपावर मालिकः-
     


    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: एसएसपी सर्वेन्द्र खनालको घोषणा ठग मेनपावरलाई नछाड्ने को-को पक्राउ परे ? Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top