Mero Samay

  • Latest News

    Feb 26, 2016

    मुम्बइमा सेल्फी खिच्न प्रतिवन्ध

    नयाँ दिल्ली, १४ फागुन २०७२। भारतीय सहर मुम्बइका १६ स्थानमा सेल्फि खिच्न नपाइने भएको छ । मोबाइल फोनबाट सेल्फि फोटो खिच्दा दुर्घटना हुने गरेको भन्दै प्रतिबन्ध लगाइएको हो ।
    सेल्फि खिच्न नपाइने गरी प्रतिबन्ध लगाइएका स्थानहरुमा समुद्री किनार लगायतका विभिन्न पर्यटकीय स्थान रहेका बताइएको छ ।
    मोबाइल फोनबाट फोटो खिच्दा यसका कारण विभिन्न असुरक्षा र दुर्घटना समेत बढेको भन्दै विशेषगरी युवायुवतीलाई मध्यनजर राखेर यो नियम बनाइएको मुम्बई प्रहरीले जनाएको छ ।
    मुम्बई भारतीय आन्तरिक तथा बाह्य पर्यटकका लागि एक पर्यटकीय गन्तव्य हो । ती प्रतिबन्ध लगाइएका क्षेत्रमा गरिएको यो नयाँ प्रबन्धको उल्लङ्घन भएमा १७ अमेरिकी डलरसम्म जरिवना लगाइने पनि प्रहरीले जनाएको छ ।
    सेल्फि तस्वीर लिने विश्वका बहु चर्चित ४९ वटा स्थानमध्ये भारतमा १९ वटा पर्दछन् । त्यसमा मुम्बई पनि एक हो ।
    सेल्फि तस्विर लिने क्रममा भारतमा विद्यार्थी एवम् विभिन्न युवायुवतीको ज्यान जाने गरेकोले गर्दा पनि उनीहरुको सुरक्षाकै लागि यस्तो नियम बनाइएको प्रहरीको भनाई छ ।
    भारतमा आन्तरिक पर्यटकका राथै अध्ययन भ्रमणका लागि मुम्बई जाने युवायुवतीको सङ्ख्या निकै धेरै रहेको पाइन्छ । रासस/एपी
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: मुम्बइमा सेल्फी खिच्न प्रतिवन्ध Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top