डा. सविना भट्टराई
छालारोग विशेषज्ञ, काठमाडौं मेडिकल कलेज
गर्मी मौसम सुरु भएसगै विशेषगरी सहरी क्षेत्रमा धुवाा, धुलो प्रदूषण बढ्न थाल्छ । यस्तो मौसममा शरीरबाट निस्कने पसिनाले छालासम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना बढी हुन्छ । जसले गर्दा सार्वजनिक स्थानमा नै छाला कन्याउादा लज्जित हुनुपर्ने अवस्था आउन सक्छ । यसरी छाला चिलाउने, चहर्याउने, घाउ हुनेजस्ता समस्याका विविध कारणमध्ये एक हो, ढुसी ९फंगल्स० । जसलाई हामी दाद भनेर चिन्छौा । गोलो सिक्काजस्तो फुस्रो दाग देखिएर सामान्य चिलाउने प्रक्रियाबाट सुरु भएको दाद पछि जटिल घाउ पनि बन्न सक्छ । यसको उपचार र रोकथामका विषयमा छालारोग विशेषज्ञ डा। सविना भट्टराईले यस्तो सुझाब दिएकी छिन् !

दाद के हो ?
दाद एक प्रकारको ढुसी ९फंगल्स०को संक्रमणका कारण हुन्छ । विशेषगरी, कपाल, मुख, दाह्री, हात–खुट्टा र काछमा यसको संक्रमण बढी हुन्छ । जुन स्थानमा ओसिलो बढी हुन्छ, त्यस ठाउँमा यस्तो ढुसीले बढी संक्रमण गर्छ । पाउरोटीमा ढुसी परेजस्तै गरेर शरीर पनि गुम्सन्छ, पसिना आउँछ अनि आद्रता बढी भएर ढुसी बन्छ । शरीरको कापमा जब बढी ओस र तातोपन मिसिन्छ, त्यहाँ फंगल्सले फैलने मौका पाउँछ । सुरुमा यसको आकार पैसा ९सिक्का०को जस्तो दाग हुने हुँदा यसलाई रिङ भनिन्छ ।
किन जटिल हुन्छ दाद ?
यो एक प्रकारको सरुवा रोग हो । सुरुको अवस्थामा नै यसलाई सम्बन्धित चिकित्सककोमा पुगी उपचार गर्न सके सहज रूपमा निको हुन्छ । तर, हाम्रो समाजमा यसलाई सामान्य ठानी औषधि पसलमा गएर मलम लगाउने चलन छ । त्यो अत्यन्तै खराब बानी हो । त्यसले दीर्घकालीन असर गर्छ । पसलेले दिएका त्यस्ता औषधि सही नै हुन्छन् भन्ने हँुदैन । दादको उपचार त्यसको प्रकारका आधारमा गर्नुपर्छ ।
त्यसका लागि सम्बन्धित चिकित्सकले परीक्षण गरेपछि मात्र थाहा हुन्छ । त्यस्तो परीक्षणपछि मात्र सही उपचार विधि तथा औषधि पत्ता लाग्छ । तर, पसलेले दिने अधिकांश मलममा स्टिरोएड मिसाइएको हुन्छ । त्यसले सुरुको अवस्थामा दुई–तीन दिन चिलाउँदैन । तर, वास्तविकतामा रोग निको भएको हुँदैन । दुई–तिन दिनपछि पहिलेको भन्दा दाद ठूलो हुँदै जान्छ ।
स्टिरोएडले हाम्रो शरीरमा भएको रोगप्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ । जसले गर्दा छोटो समयका लागि ठीक भएको भान हुन्छ, तर दीर्घकालीन रूपमा गम्भीर असर पार्छ । त्यस्ता मलमले घाउलाई बढाइदिन्छ र उपचार झनै जटिल बनाइदिन्छ । यसले गर्दा उपचार गर्ने समयमा ढिलो भई थप औषधि खानुपर्ने र उपचारको प्रविधि पनि बढ्दै जान्छ ।

आफूखुसी उपचार गर्न हुदैन !
सानो दाग मात्र देखियो भन्दैमा आफूखुसी उपचार गर्नु हुँदैन । समयमा नै सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ । सुरुको अवस्थामा नै उपचार गरेमा यसलाई निदान गर्न सजिलो हुन्छ र खर्च पनि कम लाग्छ । विशेषज्ञको सल्लाहमा उपचार गर्दा सामान्य औषधिले नै पूर्ण रूपमा ठीक हुन्छ ।
दोहोरिने सम्भावना हुन्छ !
हेलचेक्रयाइँ गरियो भने दाद एकपटक निको भएपछि पनि पटक–पटक आउन सक्छ । त्यसका लागि पहिलेकै जस्तो तापक्रम र वातावरण मिल्यो भने बढी दोहोरिने सम्भावना हुन्छ । साथै, चिकित्सकले दिएको औषधि तोकिएको समयअगावै छोडे पनि पुनस् दोहोरिने सम्भावना हुन्छ । दादको औषधि लगाउने र खाने अवधि कम्तीमा पनि एक महिना हुन्छ । फंगल्स शरीरको जुन सतहमा हुन्छ, त्यो निख्रिन वा बाहिरिन शरीरले त्यति समय लगाउँछ ।
यसको उपचार पद्धति दुई किसिमको हुन्छ । एउटा क्लिनिकल केयर, अर्को माइकोलोजिकल केयर । अस्पतालमा चिकित्सकको निगरानीमा गरिने उपचार क्लिनिकल केयर हो । त्यस्तै, चिकित्सकले उपचारपछि घरमै बसेर नियमित औषधि उपचार गर्नु माइकोलोजिकल केयर भनिन्छ । बिरामीको क्लिनिकल उपचारपछि चिकित्सकले निश्चित अवधिका लागि औषधि दिएको हुन्छ । कतिपयले अब निको भयो भनेर बीचैमा औषधि छोड्ने गरेको पनि पाइन्छ । त्यसले माइकोलोजिकल केयर हुँदैन । पंmगल्स फेरि आधी उपचारमा जुर्मुराएर उठ्न र पूर्ण निको नहुँदै पुनस् दोहोरिन्छ ।
कसरी बच्ने ?

- पसिनालाई शरीरमा ओभाउन नदिने ।
- कटनका लुगा लगाउने ।
- शरीरमा हावा छिर्ने खुला कपडा लगाउने ।
- शरीरमा फोहोर हुन नदिने ।
- सामूहिक पौडी पोखरीमा नजाने ।
- एक–अर्काको कपडा साटेर नलगाउने ।
को बढी जोखिममा ?
- रोगप्रतिरोधी क्षमता कमी भएका व्यक्ति ।
- मधुमेह भएका, दीर्घरोग भएका, रोगप्रतिरोधी क्षमता कम बनाउने औषधि खाइरहेका ।
- सार्वजनिक पोखरीमा बढी पौडी खेल्ने ।एकआपसमा लुगा साटासाट गरेर लाउँदा पनि सर्छ ।
लक्षण
- चिलाउने ।
- सानो पैसा आकारको दाग देखिने ।
- फैलिँदै जाने ।
- बीच भागमा राम्रो भएजस्तो देखिन्छ, तर बाहिर रातो बढ्दै जान्छ ।
- खराब औषधि पर्यो भने घाउ पाकेर पिप आउने हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ, चहर्याउने र मान्छे हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ ।
- कपालको फंगल्स विद्यालय जाने बालबालिकामा बढी हुन्छ ।
यी कुरामा ध्यान दिऔ !
- औषधि नमिसाइएको सादा साबुनले नुहाउने ।
- नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने ।
- चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने । जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ ।
- ढुसी मार्न प्रयोग गरिने पाउडर प्रयोग गर्ने ।
- बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने ।
- आफूखुसी उपचार कहिल्यै पनि नगर्ने ।
- चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ । प्रस्तुति : भिषा काफ्ले - नयाँ पत्रिका