विश्वका का धनी मोडेलहरुमा ब्राजिलकी मोडेल सुन्दरी गिसेल बुन्चडेनको नाम अगाडि आउँछ । यी मोडल महिलाका भित्री वस्त्रका उत्पादक कम्पनी भिक्टोरियाज सेक्रेटका मोडलहरु मध्ये सबैभन्दा सफलतम अनि संसारकै सबैभन्दा धनी मोडलहरुको सूचीमा अग्रपंक्तिमा आउँछिन् ।
३५ वर्षीया पाँच फिट ११ इन्च उँचाईकी यी मोडेलको कूल सम्पत्ति २९ करोड डलर मानिएको छ । अन्तर्राष्ट्ष्यि मोडलिङ् जगतमा उनको ख्याती यति छ कि संयुक्त राष्ट्संघले उनलाई वातावरणीय सद्भावना दूतका रुपमा समेत नियुक्त गरेको छ । यसैगरी सेभ द चिल्ड्र्ेन, रेडक्रस, डाक्टर्स विदाउट बोडर्स जस्ता सामाजिक संस्थाहरुमा समेत संलग्न छिन् । सन् १९९० को दशकमा गिसेलले नै अन्तर्राष्ट्यि सफलता हासिल गर्ने पहिलो ब्राजिलियन मोडलहरु हुन् ।
सन् १९९७ देखि मोडलिङ क्यारियर शुरु गरेकी गिसेलले विश्वका प्रसिद्ध कम्पनीहरुका लागि मोडलिङ गरिसकेकी छिन् ।
मोडलिङका साथै तीन वटा चलचित्रमा अभिनय एवं टेलिभिजनका केही कार्यक्रममा पनि उनी सहभागी भैसकेकी छिन् । सन् २००९ मा अमेरिकी रग्वी खेलाडी टम ब्राडीसँग विवाह गरेकी गिसेलको उनीसँग दुई छोरा छन् ।
समाजसेवामा समेत चासो राख्ने गिसेलले क्यान्सर अनुसन्धानका लागि सहयोग उठाउन मद्दत गर्नुका साथै अमेरिकामा केही वर्ष अघि आएको क्याट्रिना नामक सामुद्रिक आँधी पीडितलाई दश लाख डलर सहयोग गरेकी थिइन् । अहिले पनि गिसेलको पोल्टामा विश्वका नामी कम्पनीहरुका लागि मोडलिङको कामहरु छन् । केही विश्वप्रसिद्ध फेशन पत्रिकाहरुले गिचेललाई फेशन जगतको राजा मिदासको उपमा दिएका छन् ।
