काठमाडौं १२ फाल्गुन २०७२- सरकारले आउँदो शैक्षिक सत्रदेखि खुलारदूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्न सकिने व्यवस्था गरेको छ । विद्यालयमा नियमित उपस्थित नभई घरमै बसेर अध्ययन गर्न पाउने व्यवस्थाले कामदार, गृहिणी, पेसाकर्मीका लागि उच्च माध्यमिक तहको शिक्षामा पहुँच सहज हुनेछ ।
दुर्गम, शैक्षिक, सामाजिक र आर्थिक कारणले पिछडिएका वर्गले समेत खुलारदूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्ने अवसर पाउनेछन् ।
उच्च माध्यमिक शिक्षा परिषदको सोमबार बसेको बोर्ड बैठकले उच्च माध्यमिक तहमा आगामी शैक्षिक सत्र २०७३ बाट खुलारदूर शिक्षा पद्धति लागू गर्ने निर्णय गरेको हो । यो पद्धतिको व्यावहारिक अन्तरवस्तु र कार्यविधि तयार गर्न शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।
बराल शैक्षिक जनशक्ति विकास केन्द्रको कार्यकारी निर्देशक हुँदा प्लस टुमा खुलारदूर शिक्षा प्रणालीबाट पठनपाठन गराउन निर्देशिका बनेको छ । खुला शिक्षा सुरु गर्ने निर्णय भएपछि यो निर्देशिकाले पूर्णता पाउने भएको छ ।
निर्देशिकाअनुसार यो पद्धतिबाट अध्ययन गर्ने विद्यार्थीले एक वर्षमा सात पटक सम्पर्क कक्षामा सहभागी हुनुपर्नेछ । एक पटकमा बढीमा ५ दिनको कक्षा हुनेछ । यस अनुसार वर्षमा १ सय ७५ घण्टा सम्पर्क कक्षामा सहभागी हुनुपर्छ । कक्षामा न्यूतम २१ दिन उपस्थित भएमा आन्तरिक परीक्षा उत्तीर्ण भइनेछ ।
एउटा सम्पर्क कक्षाको अवधि र अर्को सम्पर्क कक्षाबीचको अवधि ३० दिनदेखि ४५ दिनभित्रको परिकल्पना गरिएको छ । शैक्षिक सत्रमा सञ्चालन गरिने सम्पर्क कक्षाका लागि सम्बन्धित विद्यालयले परिचयात्मक कार्य, पाठ्य विषयवस्तु, गृहकार्य, परियोजना तथा प्रयोगात्मक, परीक्षा र समय तालिका विकास गरी विद्यार्थीलाई अगाडि नै जानकारी गराउनेछ । अन्तिम सम्पर्क कक्षाबाहेक अन्यमा प्रत्येक विद्यार्थीलाई सम्बन्धित विषय शिक्षकले एक–एक वटा गृहकार्य र परियोजना कार्य दिनुपर्ने हुन्छ ।
यो प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारले स्वअध्ययन सामग्री, श्रव्य र दृश्य सामग्री तयार गर्नेछ । आमनेसामने सम्पर्क कक्षा तथा कार्यशाला, रेडियोरटिभीबाट प्रसारण, पाठ्यसामग्री सीडीमा उपलब्ध गराएर, वेबसाइटमा राखिएको सामग्री, टेलिफोन सम्पर्क, अडियो, भिडियो कन्फरेन्सबाट विद्यार्थीले अध्ययन गर्न सक्छन् । माध्यमिक तहमा
पनि मुलुकमा ८४ विद्यालयबाट खुला शिक्षा अध्ययन गर्न सकिन्छ । यसमध्ये ७१ वटा उच्च माध्यमिक विद्यालय छन् ।
स्वदेशमा उच्च मावि तहमा खुला विद्यालयमा अध्ययन गर्न नपाउँदा वैदेशिक खुला विद्यालयको बोर्डप्रति विद्यार्थीको आकर्षण बढेको छ । यो पद्धतिबाट पठनपाठन सुरु भएपछि नियमित विद्यालय नगई ११ र १२ कक्षा अध्ययन गर्न सकिने महानिर्देशक बरालले बताए ।
‘प्राक्टिकल गर्न नपर्ने विषयहरू पहिलो चरणमा सञ्चालनमा ल्याउनेछौं,’ उनले भने । निर्देशिकामा विज्ञानबाहेक अन्य संकाय पढ्न पाउने व्यवस्था उल्लेख छ । यो निर्देशिका बनाए पनि त्यत्तिकै थन्किएको थियो । ‘यही निर्देशिकामा भएको व्यवस्थाको बारेमा सरोकारवालासँग छलफल गरेर अन्तिम रूप दिइनेछ,’ कार्यदल संयोजक बरालले भने, ‘आउँदो शैक्षिक सत्रदेखि खुला पद्धतिबाट पढ्ने वातारण बनाउँछौं ।’
कक्षा ११ र १२ दुई वर्षको हुनेछ । दुवै कक्षाको अन्तिममा परिषद्ले लिने बाह्य परीक्षामा सहभागी हुनुपर्ने हुन्छ । नियमित विद्यालय जान नगए पनि प्रश्नपत्र भने खुला र नियमित विद्यार्थी दुवैलाई एउटै हुन्छ । एसएलसीमा पनि यस्तै व्यवस्था छ । परिषद्बाट स्वीकृत कक्षा ११ र १२ का पाठ्यक्रमका आधारमा तयार भएको स्वाध्ययन सामग्री अध्ययन गरेर परीक्षाको तयारी गर्नुपर्ने हुन्छ ।
कक्षा ११ मा भर्ना हुन एसएलसी उत्तीर्ण गरेको हुनुपर्छ । विद्यार्थी स्वयं उपस्थित भएर, पत्राचार र इमेलमार्फत आवेदन भरी खुला विद्यालयमा भर्ना हुन सक्छन् । निर्देशिकाअनुसार खुला विद्यालयमा भर्ना हुने विद्यार्थीहरू खुला विद्यालय रहेकै जिल्लाका हुनुपर्ने प्रावधान राखेको छ । बाहिरी जिल्लाका विद्यार्थीले अन्यत्र भर्ना हुनुपरेमा कारण खुलाउनुपर्ने हुन्छ ।
विद्यार्थीको मूल्यांकन आन्तरिक र बाह्य तरिकाबाट गराउन सकिन्छ । निर्देशिकाअनुसार सम्पर्क कक्षामा नियमित उपस्थिति हुँदा पनि नम्बर पाउँछन् ।
त्यस्तै कक्षाकार्य, गृहकार्य, परियोजना कार्य तथा कक्षाकोठामा सक्रियताका आधारमा नम्बर दिन सक्ने व्यवस्था छ । आन्तरिक मूल्यांकनमा न्यूनतम अंक पाएका विद्यार्थी मात्र परिषद्बाट सञ्चालन हुने बाह्य परीक्षामा सहभागी हुन सक्ने व्यवस्था हुने निर्देशिकामा उल्लेख छ । (कान्तिपुर)