अर्थ–व्यंग्यार्थ
अभिभावकले पनि महँगो शुल्क लिने विद्यालयको पढाइ राम्रो हुन्छ भन्ने भ्रम पालेका छन् । नाम चलेका विद्यालयमा पढाउनुलाई प्रतिष्ठाका रूपमा लिने गरिएको छ ।
तीज, दसैं, तिहार, नयाँ वर्ष वा यस्तै सिजनमा राति अबेरसम्म वस्तु व्यापारीले पसल खोलेर आफ्नो व्यापार बढाएजस्तै विद्यालय सञ्चालकहरूले सरस्वती पूजाको दिन राम्रो व्यापार गरेको देखियो, निःशुल्क भर्नाको नाममा ।
तीज, दसैं, तिहार, नयाँ वर्ष वा यस्तै सिजनमा राति अबेरसम्म वस्तु व्यापारीले पसल खोलेर आफ्नो व्यापार बढाएजस्तै विद्यालय सञ्चालकहरूले सरस्वती पूजाको दिन राम्रो व्यापार गरेको देखियो, निःशुल्क भर्नाको नाममा ।
घटना एक
सरस्वती पूजाको अघिल्लो दिन नर्सरी पढ्ने छोराको स्कुल ब्यागमा पहेंलो कागज आयो, माघसम्मको स्कुल फी दोस्रो हप्ता नै चुक्ता गरेको थिएँ, फेरि केको बिल आयो भनेर टाउको कन्याउँदै दोब्रिएको कागज सोझो बनाएर पढ्न थालें । भोलि बालबालिकालाई आउट ड्रेसमा पठाउनुहोला, सरस्वती पूजाको दिन नयाँ भर्नाको सम्पूर्ण शुल्क निःशुल्क गरिएको छ । फारम शुल्क मात्र १ हजार ५०० रुपैयाँ तोकिएको छ ।(नयाँ भर्नाको सम्पूर्ण शुल्क मिनाह, फारम शुल्क मात्र १ हजार ५ सय रुपैयाँ १ निजी विद्यालयहरूले अभिभावकलाई कसरी मुर्गा बनाउँछन् भन्ने कुराको यो एक उदाहरण हो ।)
सरस्वती पूजाको अघिल्लो दिन नर्सरी पढ्ने छोराको स्कुल ब्यागमा पहेंलो कागज आयो, माघसम्मको स्कुल फी दोस्रो हप्ता नै चुक्ता गरेको थिएँ, फेरि केको बिल आयो भनेर टाउको कन्याउँदै दोब्रिएको कागज सोझो बनाएर पढ्न थालें । भोलि बालबालिकालाई आउट ड्रेसमा पठाउनुहोला, सरस्वती पूजाको दिन नयाँ भर्नाको सम्पूर्ण शुल्क निःशुल्क गरिएको छ । फारम शुल्क मात्र १ हजार ५०० रुपैयाँ तोकिएको छ ।(नयाँ भर्नाको सम्पूर्ण शुल्क मिनाह, फारम शुल्क मात्र १ हजार ५ सय रुपैयाँ १ निजी विद्यालयहरूले अभिभावकलाई कसरी मुर्गा बनाउँछन् भन्ने कुराको यो एक उदाहरण हो ।)

घटना २
एसएलसी परीक्षाको तयारी गरिरहेको एक विद्यार्थीले चुरोटसँगै गाँजा खाएको थाहा पाएछन् शिक्षकहरूले, विद्यालय सञ्चालकले अभिभावकलाई बोलाएर भनेछन्— तपाईंको भाइलाई विद्यालयबाट निष्कासन गरौं कि होस्टलमा राख्नुहुन्छ रु अभिभावकले नम्र भएर सोधेछन्, प्रिन्सिपलले कारण बताएछन् । फेरि ३ महिनापछि विद्यालयबाट फोन आयो, लौ फेरि के वित्यास पा¥यो भनेर हत्तारिँदै विद्यालय पुगें । “हामीले यसको बानी सुधार्न सकेनौं, घरै राख्नुहोस, कम्तीमा यसले स्कुल ड्रेसमा चाहिं चुरोट खाएको देख्नु नपरोस् १ विद्यालय ल्याउने र लैजाने गर्नुहोला,” ती अभिभावकले नर्सरीको विद्यार्थीजस्तै भाइलाई विद्यालय ल्याउने–लैजाने गरिरहेका छन् । मासिक १० हजार शुल्क तिरेर छात्रावास राख्दा पनि सुख पाएनन्, अहिले टेस्ट हटे पनि नमुना परीक्षा भनेर चलाइरहेको छ विद्यालयले । परीक्षा शुल्क १ हजार २ सय रुपैयाँ तिर्नुपर्ने पीडा छँदैछ ।
घटना ३
फागुन ३ गते सँगैको कोठामा बस्ने निजी विद्यालयको कक्षा ६ मा पढ्ने छात्रा आँखानेरै घाउ बोकेर आइन् । बिहानको प्रार्थना सभामा शिक्षकले लट्ठी हान्दा बेहोस भएर लड्दा घाउ भएको बताइन् । अप्रत्याशित रूपमा प्रहार भएको लट्ठीले शारीरिक पीडा त दियो नै, मानसिक आघातले पनि हुन सक्छ बेहोस भएको । बिहान १० बजे भएको घटनाको जानकारी अभिभावकलाई दिउँसो साँढे २ बजे मात्रै दिइयो ।
आमिर खान अभिनीत बहुचर्चित चलचित्र पिकेमा एउटा दृश्य छ । परीक्षा चलिरहेको कलेजको चौतारीमा एउटा ढुंगोमा अबिर दलेर राखिदिएपछि विद्यार्थीहरूले ‘भगवान् १ मलाई जसरी पनि पास हुनु छ’ भनेर भेटी चढाउँछन् । भेटी चढाउने मात्रै होइन, पुर्पुरो नै फुटाउँलाझैं टाउको नै जोत्छन् ।
नेपालका विद्यालय सञ्चालकहरू पनि शनिबार परेको सरस्वती पूजाको दिन बिहान सबेरैदेखि साँझ अबेरसम्म विद्यालय खोलेर भेटी असुलिरहेका थिए । तीज, दसैं, तिहार, नयाँ वर्ष वा यस्तै सिजनमा राति अबेरसम्म वस्तु व्यापारीले पसल खोलेर आफ्नो व्यापार बढाएजस्तै विद्यालय सञ्चालकहरूले सरस्वती पूजाको दिन राम्रो व्यापार गरेको देखियो, निःशुल्क भर्नाको नाममा । नेपालजस्ता धार्मिक विश्वास बढिरहेको देशमा अरूको नाममा भन्दा भगवान्को नाममा ‘असुल्न’ सजिलो छ । शैक्षिक व्यापारीहरूलाई यो कुरा कसले सिकाउनुपर्छ र रु सन्तानको उज्ज्वल भविष्यको खोजीमा रहेका अभिभावकहरूले पनि ‘सरस्वती’ सँग ‘लक्ष्मी’ साट्ने नै भए । माथि उल्लिखित घटना १ ले त्यसलाई संकेत गर्छ ।

घटना ३, अघिल्ला २ वटाभन्दा अझै हानिकारक देखिन्छ । यसले अझैसम्म पनि काठमाडौंको नाम चलेको विद्यालयमै ‘लट्ठी शिक्षण’ कायमै रहेको पुष्टि गर्छ । त्योभन्दा पनि ताजुबलाग्दो त अझै पनि निजी कलेज वा स्कुलहरूले ‘टोले गुन्डा’लाई ‘डिसिप्लिन इन्चार्ज ९डिआई० राखेको हुन्छ । प्रार्थना सभामा पनि डिआईले नै छडी चलाएको हुन सक्छ, त्यसलाई शिक्षकको आवरण दिइएको हुन सक्छ । यो पंक्ति लेखिरहँदा यो पंक्तिकार एउटा विद्यालयको अभिभावक दिवसमा पनि सहभागी हुने अवसर पायो । त्यहाँ विद्यालयका प्रिन्सिपल विद्यार्थीलाई नपिट्ने आचारसंहिता बनाएका छन् रे । सबै थाहा छ, नेपालमा बनेका धेरैजसो आचारसंहिता पालना नगर्नकै लागि हो ।
अभिभावकले पनि महँगो शुल्क लिने विद्यालयको पढाइ राम्रो हुन्छ भन्ने भ्रम पालेका छन् । नाम चलेका विद्यालयमा पढाउनुलाई प्रतिष्ठाका रूपमा लिने गरिएको छ । विद्यालयमा भर्ना पाउनका लागि नेताको दैलो चहार्ने अभिभावक र ‘सरस्वती’को मूर्ति थापेको ‘व्यापार’ गर्ने विद्यालय दुवै एकै हुन् । आचरण, व्यवहार र असल सम्बन्ध सिकाइभन्दा पनि धनसँग विद्या साट्नेहरूको भीड छ । यसले पनि नेपालको शिक्षा कता लगिँदै छ, जाँदै छ भन्ने संकेत हो । अभिभावकलाई पनि सहरमा छोराछोरी पढाउन पाए राम्रो हुन्छ भन्ने लागिरहेकै छ । यसले नेपालीपन र संस्कृतिबाट छोराछोरीलाई विमुख गराउँदै छौं । स्कुलले पनि किताबी ज्ञानलाई मात्रै प्राथमिकता दिएर, नेपालीपन छोपिरहेकै छ । वैकुण्ठ ढकाल - कारोबार