– हरिशंकर शर्मा |
कुनैपनि आन्दोलनको अन्तिम सकारात्मक निकास वार्ताबाट नै हुन्छ । इतिहास साक्षी छ विश्वका ठुला ठुला आन्दोलन र विद्रोहले वार्ताबाटै सकारात्मक निकास पाएको छ । नेपालमै २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनलेपनि दिल्लीमा राजा, राणा र कााग्रेसबीच भारतको मध्यस्थतामा भएको वार्ताबाटै निकास पाउादै प्रजातन्त्र स्थापना भएको हो । २०४७ सालमा पनि राजा, नेपाली कााग्रेस र संयुक्त बाम मोर्चाबीच भएको बार्ताले नै प्रजातन्त्र पुनस्र्थापना भएको थियो । माओवादीले गरेको जनविद्रोहले पनि सात दल र माओवादीबीच दिल्लीमा भएको वार्ता र १२ बुादे समझदारीले देशमा हत्या र हिंसाको शिलशिला अन्त्य भएको थियो भने २०६३ र २०६४ सालमा भएको मधेश आन्दोलनको समापन पनि वार्ताबाटै भएको थियो । वार्ता नै सकारात्मक समाधानको अन्तिम उपाय भए पनि कतिपय अवस्थामा आन्दोलनरत पक्ष वा विद्रोही पक्षले शक्ति संचय गर्न वा आफुलाई वार्ताको पक्षधर सावित गर्न वार्ताको श्रृंखला चलाउाछ, तर वार्तालाई निश्कर्षमा पुग्न दिादैन । कहिले काहीा देश र जनताप्रति अनुत्तरदायी सरकारले वार्ताको श्रृखंला चलाएर आन्दोलनलाई कमजोर बनाउने वा अलमल्याउने काम गर्छ । तर यहाा बार्ताको नाममा सरकार र मधेशवादी दलले सम्पूर्ण देशवासीलाई नै ओझेलमा पारि अनावश्यक दुस्ख भोग्न बाध्य बनाए । श्रावणको अन्तिम साताबाट शुरू भएको मधेश आन्दोलन पुस महिनाको अन्तिम हप्तासम्म जारी रह्यो ।
मधेश आन्दोलन शुरु भएदेखि दिन प्रतिदिन कडा हुादै गयो । मधेशको गाउा गाउामा जनताले प्रदर्श लगायतका कार्यक्रममा सकृय सहभागिता देखाउन थाले पछि र अन्तर्राष्ट्रिय दबावका कारण अत्तालिएको सरकारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासाग वार्ताको प्रस्ताव अगाडि सार्यो । दुवै तर्फ वार्ताको लागि वार्ता समिति बनाएर शुरू गरिएको वार्ताले दर्जनौं पटक बस्दा समेत निकास दिन सकेन ।
सरकारी पक्षले आन्दोलनरत पक्षको एघार बुादे मागमा आफ्नो आधिकारिक धारणा ल्याउन सकेनन् वा ल्याएनन् । जब जब वार्ता सकारात्मक भएको हल्ला बाहिर आयो त्यसको २४ घण्टा नबित्दै वार्ताको वातावरण बिगार्ने गरी आन्दोलनकारीमाथी चर्को दमन गरियो । अन्तिम वार्ता गर्ने भनि पटक पटक बैठक बस्यो तर निष्कर्षबिहीन हुादै अहिलेसम्म वार्ता सफल हुन सकेन । बार्ताकै नाममा मोर्चाले पनि आन्दोलनलाई तुहायो ।
आन्दोलनरत मधेशवादी दलले एकले अर्कोलाई दोष लगाउादै आन्दोलन तुहायो । के यो आन्दोलन तुहिनुमा कुनै एक राजनीतिक दल तथा नेताको समर्थन हो ? पक्कै होइन यो सर्वसाधारण जनतालाई झुक्याउने काम मात्रै भएको हो । सम्पूर्ण मधेशवादी दलहरुको मिलोमतामा नै आन्दोलन तुहिएको हो र ६ महिना भन्दा बढिको आन्दोलनले निकास लिन सकेन यसको दोषी को रु वार्ताको बहानामा मधेशलाई रित्याईयो, आद्योगिक नगरी वीरगन्जमा कतिपय व्यवसायहरु ठप्प भए, उद्योगहरु बन्द हुने अवस्थामा पुगे, मधेश आन्दोलनको भार मधेशीहरुले नै खेपि रहेका छन् तर सरकार र मधेशवादी दलले बार्ताको बहानामा मधेशलाई नै ओझेलमा पारेको छ । मधेश आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाएकाहरु तथा घाइतेहरुलाई कसले र कति दिनसम्म हेर्ने हो ?