लोकसेवा आयोगले फागुन महिनाभर विभिन्न मन्त्रालयअन्तर्गतका नायब सुब्बाको लिखित परीक्षा लिँदै छ । धेरै विद्यार्थीको चाहना सरकारी जागिर खाने हुन्छ । तर, लोकसेवाको परीक्षाको विषयमा जानकारी नहुँदा प्रवेश गर्न सकेका हुँदैनन् । नासुको तयारी गर्दा पाठ्यक्रममा आधारित भई पढ्नुपर्छ । पाठ्यक्रममा सीमित भई प्रश्न सोधिने भएकाले त्यसैलाई मुख्य स्तम्भ बनाउनुपर्छ । पढ्दा पाठलाई एक–एक ध्यान दिएर पढ्नुपर्छ । एउटा पाठ बुझेपछि मात्र अर्को पाठ सुरु गर्नुपर्छ । पढ्दा जहिल्यै पनि नोट बनाउनुपर्छ । नबुझिएको विषयलाई नोट बनाएर समय–समयमा पढ्ने गर्नुपर्छ । नियमित रूपमा पढ्दा अलमल परेका विषयमा आफूभन्दा जानकार व्यक्तिलाई सोधेर स्पष्ट हुनुपर्छ ।

नियमित रूपमा पढ्ने विद्यार्थीको स्वास्थ्य कमजोर हुने भएकाले सधैँ तन्दुरुस्त राख्नुपर्छ । स्वास्थ्य तन्दुरुस्त भई पढेपछि धेरै बुझिने भएकाले शरीर सधैँ स्वस्थ राख्नुपर्छ । एउटा पुस्तक पढेर सकेपछि मात्र अर्को पुस्तक पढ्नुपर्छ । किताब पढ्दा समसामयिक विषय र बौद्धिक प्रश्न राम्रोसँग ख्याल गर्नुपर्छ । बौद्धिक र समसामयिक प्रश्नले धेरै अलमल गराउने भएकाले दोहोर्याएर पढ्ने बानी बसाल्नुपर्छ ।
( नयाँ पत्रिका