काठमाडौं, १३ फागुन
सरकारले पूर्वी नेपाल जोड्ने रणनीतिक वैकल्पिक सडक निर्माण अगाडि बढाएको छ । पूर्व–पश्चिम राजमार्गको हेटौँडा पूर्वखण्डमा हुन सक्ने सम्भावित अवरोधलाई मध्यनजर गर्दै सरकारले वैकल्पिक सडक निर्माण अगाडि बढाएको हो । पूर्वाधार आयोजना अनुगमन तथा निर्देशन उच्चस्तरीय समितिले ‘धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली’ सडक ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने निर्णय गरेको छ । समितिले सडक २ लेनमा निर्माणको प्रक्रिया अगाडि बढाउन सडक विभागलाई स्वीकृतिसमेत दिइसकेको छ ।
संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै तराई मधेसमा भएको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्गको बारापूर्व र सप्तकोशी ब्यारेजपश्चिमको सडकखण्ड महिनौँसम्म अवरोध भएको थियो । आन्दोलनका कारण सडक अवरोध हुँदा राजधानी काठमाडौंसँग पूर्वी तराई तथा पहाडी क्षेत्रको सडक सम्पर्क प्रभावित भएको थियो ।
यसैलाई ध्यान दिएर सरकारले वैकल्पिक सडकलाई प्राथमिकताका साथ अगाडि बढाएको हो । समितिको निर्देशनअनुसार कार्यक्रम स्वीकृतिका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिएको सडक विभागका महानिर्देशक माधवकुमार कार्कीले जानकारी दिए । ‘सडकको विस्तृत डिजाइन सुरु भइसेकेको छ, चैतभित्र सडक निर्माणका लागि ठेक्कापट्टा गर्ने गरी काम गरिरहेका छौँ,’ महानिर्देशक कार्कीले भने, ‘सडक सुरक्षाका सम्पूर्ण मापदण्डसहित निर्माण हुनेछ ।’ धरान–चतरा–गाईघाट– कटारी–सिन्धुली–हेटौँडा सडकको लम्बाई ३ सय १८ किलोमिटर छ । सडकको अधिकांश भाग चुरे क्षेत्रमा पर्छ ।
सडक धरानबाट सुरु भएर चौघडा हेटौँडामा अन्त्य हुनेछ । धरान, चतरा, रामपुर, बेल्टार, गाइघाट, नेपालटार, कटारी, दुधौली, रानीवास, भिमान, सिन्धुलीमाडी, डन्डीगुँरास, महेन्द्रझाडी, पञ्चपाण्डव, फापरबारी हुँदै हेटौँडा पुग्नेछ ।
‘सडकका विभिन्न खण्ड ठेक्कापट्टा लगाई निर्माणका क्रममा छन्, महानिर्देशक कार्कीले भने, ‘करिब साढे २ सय किलोमिटरका लागि नयाँ ठेक्कापट्टा गर्नुपर्नेछ ।’ यसमध्ये धरान–चतरा खण्ड निर्माणका लागि ठेक्कापट्टा लगाई निर्माणको चरणमा छ ।
सन् २०११ मा वैकल्पिक सडकमा प्रतिघन्टा ३० किलोमिटरमा सवारीसाधन गुड्ने गरी डिजाइन गरिएको थियो । यसलाई अहिले प्रतिघन्टा ५० किलोमिटरको गतिमा गाडी गुड्ने गरी डिजाइन गर्न लागिएको महानिर्देशक कार्कीले जानकारी दिए ।
सडक ट्रयाकलाई सुधार गर्न करिब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । ‘सडकखण्डमा २५ वटा पुल पर्छन्, त्यसमध्ये केही बनेका छन् भने केही बनाउनुपर्ने अवस्था छ,’ महानिर्देशक कार्कीले भने, ‘भइरहेका पुललाई पनि सडकको डिजाइनअनुसार स्तरोन्नति र सुदृढीकरण गरिनेछ ।’ आयोजनाको लागत करिब २० अर्ब हुने अनुमान गरिएको छ । यद्यपि, विस्तृत डिजाइन सकिएपछि लागत तय हुने कार्कीले बताए । ‘रणनीतिक महत्त्वको वैकल्पिक सडक जतिसक्दो छिटो निर्माण सम्पन्न गरी अगाडि बढेका छौँ,’ उनले भने ।
उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने चतरा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पुल सञ्चालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा जोडिएका छन् । केही ठाउँमा सडक राम्रै भए पनि केही ठाउँमा ट्रयाक मात्रै खोलिएको छ ।
०६५ मा सप्तकोशी नदीमा आएको बाढीले सप्तकोशी ब्यारेजमा असर गरेपछि त्यसको विकल्पका रूपमा चतरामा पुल निर्माण गरिएको हो । यसअघि पनि विभिन्न समयमा तराई बन्द हुँदा चतरा–हेटाँैडा मार्ग भएर यातायात सञ्चालन हुने गरेको थियो । अहिले तराईरमधेसमा भएको आन्दोलनले पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डमा अवरोध भएपछि सरकार वैकपिल्क सडक निर्माणमा लागेको हो । - नयाँ पत्रिका