Mero Samay

  • Latest News

      Feb 25, 2016

      स्वस्थ्यचौकीलाई ३ कट्ठा जग्गा दान

      वीरगन्ज १३ फागुन २०७२ गत वर्ष सरकारी निर्णयपछि वीरगन्ज उपमहानगरपालिकामा २२ नम्बर वडाको रुपमा गासिएको बिन्दवासनीको केहुनिया बरवा टोलमा स्थानीय एक दम्पतिले जग्गा दान गरेपछि सुविधा सम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण हुने भएको छ।
      बिहीबार एक कार्यक्रमका बिच जग्गा दाता गया चौरसीया र उनकी पत्नि लालमति देवी चौरसीयाले संयुक्त रुपमा भवनको शिलन्याश गरेका छन्। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पर्सामार्फत स्वास्थ्य चौकीको १४ कोठे भवन निर्माण हुन लागेको हो । भवन निर्माणका लागि समा सन्तोष जेबी कन्स्ट्रक्सन कम्पनीले एक करोड ७९ लाख रुपैयामा भवन निर्माणको ठेक्का लिएको छ । डेढ वर्ष भित्र सम्पन्न गर्नु पर्ने सम्झौताअनुसार भवन निर्माण कार्य थाल्न शिलान्यास गरिएको कार्यालयले जनाएको छ ।
      स्वास्थ्य चौकी भवन निर्माणका लागि चौरसीया दम्पतिले दान गरेको ३ कट्ठा र त्यससंगै रहेको २ कट्ठा ऐलानी गरी पाँच कठठामा भवन बन्न लागेको हो । ऐलानी पनि चौरसियाले भोग गर्दै आएका थिए। उनले गाउँमा स्वास्थ्य सेवाको सुविधा बढ्ने छ भनेर जग्गा दान गरेको बताए । सो ठाउँमा १५ लख रुपैयाँ कट्ठासम्मको मूल्यमा जगा किनबेच भइरहेको छ। स्वास्थ्य चौकीका इन्चार्ज शत्रुधन यादव लगायतको उपस्थितीमा शिलान्यास गरिएको थियो।
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: स्वस्थ्यचौकीलाई ३ कट्ठा जग्गा दान Rating: 5 Reviewed By: Mero samay