Mero Samay

  • Latest News

      Feb 25, 2016

      अन्तरिक्षबाट खसेको रहस्यमय बस्तु, जसले संसारै हल्लायो (फोटो फिचर सहित)

      अन्तरिक्षमा उडनतस्तरी (युएफओ) देखिने गरेका खबर सुनिन्छ । तर, भियतनामका टिभी च्यानलले अन्तरिक्षबाट रहस्यमय वस्तु खसेको समाचार प्रशारण गरेका छन् ।

      भियतनामका सैनिक अधिकारीले चिनियाँ सीमा नजिकै धातुको रहस्यमयी गोलाकार बस्तुहरु भेट्टाएका छन् । यी गोलाकार बस्तुहरु आकाशबाट खसेको बताइएको छ । यसको आकार र तौल देखेर यहाँका सुरक्षा अधिकारी अचम्ममा परेका छन् ।

      यी गोलाकार बस्तु भियतनामको उत्तरी इलाकामा भेटिएको हो । यो रहस्यमयी गोलाकार बस्तुहरुको जांचमा जुटेका अधिकारीहरुले यसलाई अन्तरिक्षबाट खसेको बताएका छन् ।
      सूर्यको आकारमा बनेको यी प्रत्येक गोलाकार बस्तुको तौल ४५ किलोग्राम रहेको छ । सेनाको जवानहरुले यो गोलाकार बस्तुको तस्वीरलाई स्थानीय मीडियाबाट सार्वजनिक गरेपछि भाइरल बनेको छ ।
      रहस्यमयी गोलाकारको जांच गरिरहेका सुरक्षा अधिकारी अब यो पता लगाइरहेका छन् कि आकाशबाट यो गोलाकार बस्तु कसरी आयो र यसलाई कसले बनायो ?

      त्यहाँका स्थानीयबासीले जाँच गरिरहेका सुरक्षा अधिकारीलाई गोलाकार वस्तु भेटिनुभन्दा पहिला गर्जन जस्तो एउटा ठूलो आवाज सुनिएको बताएका छन् र फेरि त्यसको केही घण्टापछि गोलाकार खसेको खबर आएको थियो ।
      सूचनाअनुसार यी ठूला गोलाकार बस्तुका साथै केही साना गोलाकार बस्तु पनि मानिसको घर अगाडि खसेका थियो । 
      यो वस्तुको जांच गरिरहेका अधिकारीहरुले यो गोलाकार बस्तु रुसमा बनेको अनुमान गरेका छन् तर, रूसले यी गोलाकार बस्तुलाई कुनै कुनै अन्य देशमा बेच्नका लागि ल्याउने क्रममा खसेको हुन सक्छ ।
      यो खस्दा हजार माइल टाढासम्म जमिन हल्लिएको थियो ।-एजेन्सी ।
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: अन्तरिक्षबाट खसेको रहस्यमय बस्तु, जसले संसारै हल्लायो (फोटो फिचर सहित) Rating: 5 Reviewed By: Mero samay