Mero Samay

  • Latest News

    Feb 8, 2016

    कुन बार जन्मिएको मानिस कस्तो, जान्नुहोस् आफ्नो स्वभाव र भाग्य


    ज्योतिष विज्ञानअनुसार बारका आधारमा व्यक्तिको स्वभाव फरक-फरक हुन्छ । आज हामी बार अनुसारको व्यक्तिको स्वभावबारे बताउँनेछौ‌ं ।
    • आइतबार
    १। आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् ।
    २। अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
    ३। निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् ।
    ४। चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा अत्याधिक हुन्छन् ।
    ५। अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुन्छन् नै तर चाँडै रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरु रिसाउने गर्दछन् ।
    ६। पैसावाल हुन्छन् र आफ्नो बलबुतामा नै पैसा कमाउने कोसिस गर्छन् ।
    ७। कनै पनि कुरामा सम्झौता गर्दैनन् ।
    ८। सौन्दर्यलाई मन पराउँछन्, त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् ।
    ९। आइतबार जन्मनेहरुले रुपरंगमा आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
    १०।आफ्नो सम्बन्धलाई निकै सम्मान गर्छन्, त्यसकारण झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु  छोड्न चाहन्नन् ।
    • सोमबार
    १। सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
    २।  मृदुभाषी हुन्छन् तर निकै मुडी हुन्छन् ।
    ३।  निकै संवेदनशील हुन्छन्, त्यसकारण निकै छिटो निराश हुन्छन् ।
    ४। आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
    ५। सम्बन्धहरुले निकै महत्व राख्नेछ ।
    ६। पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्नेछन् ।
    ७। सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र हेरचाहा गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
    ८। सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
    ९। आफ्नो सौन्दर्यमा निकै ध्यान दिन्छन् र सोमबार जन्मने मान्छेको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
    १०। हुन त सबैलाई सम्मान गर्छन् तर मुडी स्वभावले  तनाव दिने गर्दछ ।
    • मंगलबार
    १। मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र क्रियाशील हुने गर्दछन् ।
    २। यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
    ३। यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
    ४। मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
    ५। उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
    ६। यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन्, जसकारण आफ्नो बलबुतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
    ७। सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
    ८। यस्ता व्यक्तिहरुले सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
    ९। निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
    १०। उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
    ११। कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
    १२। एकोहोरो हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन्, तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।
    • बुधबार
    १। बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र विजनेश माइन्डका हुने गर्दछन् ।
    २। जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि  निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।
    ३। यिनीहरु सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् ।
    ४। नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
    ५। कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
    ६। कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण यिनीहरुको जीवन निकै सन्तुष्ट हुन्छ ।
    ७। सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने गर्नाले निकै सफलता हात पार्छन् ।
    ८। धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
    ९। कसैलाई पनि सजिलै माफी दिदैनन् । कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि  प्रभावित तुल्याउन सक्दैनन् ।
    १०। खर्चिलो स्वाभावको हुन्छन र आफ्नो निर्णय आफैँ लिन्छन् ।
    ११। वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने आफ्नो पार्टनरको निकै हेरविचार गर्छन् ।
    १२। तीब्र बुद्धि हुने भएकाकारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।
     
    • बिहीबार
    १। बिहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
    २। मानिसहरुलाई निकै इज्जत गर्छन्, त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुन्छन् ।
    ३।  सफा र स्वच्छ विचारधाराका हुन्छन् ।
    ४। भित्र नेतृत्व गर्ने गुण हुन्छ, त्यसकारण जुन क्षेत्रमा काम गर्छन्, त्यहाँको उच्च पद अवश्य हाँसिल गर्छन् ।
    ५। निकै मेहनत गर्छन् र आफ्ना सामान हरु आफैले भनेको ठाउँमा होस् भन्ने चहान्छन् ।
    ६। स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न चाहन्छन् ।
    ७। चाँडै नै मानिसहरुलाई विश्वास गर्छन् जसको प्रतिफल भोग्न पर्छ ।
    ८। धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।
    ९। स्टेट फरवार्ड हुन्छन् र सुन्दरताको प्रिय हुन्छन् ।
    १०। बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनीहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुनेछ ।
    ११। स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन्, जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
    १२। बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।  
    • शुक्रबार
    १। शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
    २। धेरैजसो रचनात्मक क्षेत्रमा देखिन्छन् ।
    ३। संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
    ४। मधुर स्वरमा बोल्छन् र मनमोहक मुस्कानका मालिक हुनेगर्छ ।
    ५। निकै भावुक हुन्छन् जसकाकारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
    ६। यदि पुरुष भए महिलाहरुमा र महिला भए पुरुषहरुमा लोकप्रिय हुन्छन् ।
    ७। आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
    ८। निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।
    ९। रिस निकै कम आउँछ, तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
    १०। राम्रा गुणहरु नै यिनीहरुका लागि नराम्रो साबित हुन्छ ।
    ११। धनको कमी हुँदैन तर तपाईं त्यसलाई वचत गर्न सक्दैनन् ।
    १२। प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउँछन् तर जब पाउँछन् स्थायी रुपको हुन्छ, अर्को शब्दमा भन्नुपर्दा मेहनती र लगनशील हुन्छन् ।
    •  शनिबार
    १। शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
    २। निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन् । अर्को शब्दमा भन्ने हो भने  हरेक कुरामा परफेक्ट हुन्छन् ।
    ३। हाइक्लास वस्तुहरु मनपराउँछन् । लगाउने लुगादेखि जुत्तासम्मले हाईक्लास पर्सनालिटी झल्काउँछ ।
    ४। हुन त सफा मनको हुन्छन् तर कहिले काँही स्पष्ट वक्ताको रुपमा आलोचना पनि हुने गर्दछ ।
    ५। कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुने स्वभाव हुन्छ।
    ६। पैसावाला हुन्छन्, तर  छिट्टै पैसा खर्च गर्दैनन् ।
    ७। संगीत र खेलमा रुची हुन्छ ।
    ८। रिस उठेपछि नराम्रो सँग उठ्छ, भने गलत कुराहरुलाई सहन सक्दैनन् ।
    ९। जिद्दि गर्छन् र आफूले भनेकोजस्तै हुनुपर्छ भन्ने विचार राख्छन् ।
    १०। कसैलाई पनि ठेस पुर्याउन चाहदैनन् ।
    ११। वैवाहिक जीवन सुखमय हुन्छ ।
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: कुन बार जन्मिएको मानिस कस्तो, जान्नुहोस् आफ्नो स्वभाव र भाग्य Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top