Mero Samay

  • Latest News

      Feb 8, 2016

      हामी सबै गरिबकै कोटिमा ! को हो गरिब ?

      • अश्विनी कोइराला

      २०७२ माघ २६
      शीर्षक पढ्दा दुस्ख लाग्छ, किनभने हामी सबै गरिबकै कोटिमा छौं । संसारको गरिबतम मुलुकका हामीलाई यस्ता शीर्षकले अपमान गर्छ । तैपनि बाध्यतामा यस्ता लेख लेख्नैपर्छ । गरिबका कुरा नगरी गरिबीको मुक्ति सम्भव पनि छैन । 
      विश्वप्रसिद्ध रूसी लेखक लियो टोल्सटोयको जीवनमा पनि यस्तै एउटा घटना घटेको थियो । उनी प्रसिद्ध चिन्तक थिए । हामी जहाँबाट सोच्न बन्द गर्छौं, उनी त्यही बिन्दुबाट सोच्थे । उनको लेखन जति समृद्ध थियो, जन्मदै उनले करोडौंको सम्पत्ति प्राप्त गरेका थिए । जमिन्दारको घरमा जन्मिएका कारण गरिबीको पीडा उनले थाहा पाएनन् । यद्यपि जीवनको अन्तिम अवस्थातिर उनले आफ्ना सारा सम्पति छाडेर रेलका यात्रुहरूको सामान बोक्ने काम गरे । सामान बोक्दाबोक्दै चिसोले उनको मृत्यु भयो । यसबाट पनि उनले गरिबीको पीडा राम्रोसँग बुझे । टोल्सटोय भन्थे— म रहर लागेर गरिब भएको हुँ । कोही पनि आफंैमा गरिब हुँदैन ।
       ०००
      टोल्सटोय जवान छँदाको कुरा हो । एउटा गरिब युवा उनीसँग पैसा सापट माग्न आयो । भन्दै थियो, ‘म धेरै गरिब छु, मलाई केही पैसा दिएर मेरो ज्यान बचाउनुहोस् । भविष्यमा कुनै दिन तपाईंको पैसा अवश्य तिर्नेछु ।’
      ‘तिमी साँच्चैको गरिब हो र रु कि मसँग पैसा लिन गरिबीको नाटक गरेको रु’
      ‘होइन हजुर, म साँच्चै नै गरिब छु । मसँग केही पनि छैन ।’
      जमिन्दारको शैलीमा टोल्सटोयले पैसा माग्ने युवालाई तलदेखि माथिसम्म नियाले । त्यसपछि मुस्कुराउँदै भने, ‘कति  पैसा चाहिन्छ, म त्यति नै दिन्छु तर तिमीसँग भएको कुरा पनि मलाई दिनुपर्छ ।’
      युवाले भन्यो, ‘म गरिब छु, केही दिन सक्दिनँ ।’
      ‘तिमीसँग जे छ त्यही दिए पुग्छ ।’
      ‘त्यसो भए मलाई एक हजार रुबल दिनुहोस् । मसँग भएको सारा कुरा दिन तयार छु ।’ त्यतिबेला एक हजार रुबल ठूलै रकम मानिन्थ्यो ।
      ‘मलाई सबै समान चाहिँदैन । तिम्रा सामानमध्ये केवल एउटा कुरा दिए पुग्छ । किनभने तिम्रो सामानको मूल्य ठूलो छ, म तिर्न सक्दिनँ ।’
      युवक छक्क पर्‍यो ।
      ‘हजुर म दिन तयार छु, भन्नुस्, के दिऊँ रु’
      ‘मलाई तिम्रो हात चाहियो । त्यसको साटो एक हजार होइन, दुई हजार रुबल दिन्छु ।’
      ‘यो त दिन सक्दिनँ ।’
      ‘त्यसो भए खुट्टा देऊ, त्यसको मूल्य अझ बढाएर दिनेछु ।’
      ‘त्यो कसरी दिन सक्छु रु
      ‘त्यसो भए आँखा देऊ, म ५ हजार रुबल दिन तयार छु ।’
      अब युवक रिसायो । ‘महाशय धनको घमन्ड नदेखाउनुहोस् । तपाईंको सारा सम्पत्तिले पनि मेरो शरीरका अङ्ग किन्न सक्दैन ।’ युवक रिसाएर हिँड्न लाग्यो ।
      टोल्सटोय मुस्कुराए । ‘मैले धनको घमन्ड देखाएको होइन । तिमीले आफूलाई गरिब भनेर जसरी दीनहीन देखायौ, त्यसको प्रतिवाद मात्र गर्न खोजेको हुँ । वास्तवमा तिमीले मेरो सारा सम्पत्ति दिँदा पनि आफ्नो शरीरका अङ्ग दिन चाहेनौ । यसको अर्थ तिमी मभन्दा धनी छौ । म गरिब छु, लाचार छु किन भन्दै हिँड्छौ रु यो याचना बन्द गर ।’
      ०००
      हामीसँग केही समयका लागि पैसाको अभाव हुन सक्छ तर हामी गरिब छैनौं । हो, केही मानिस पैसा भएर पनि मानसिक रूपमा गरिब छन् । जो भूकम्पपीडित भएर विदेशको सयर गर्छन् । विदेशी छात्रबृत्ति लिन्छन् र नक्कली बिल देखाएर सक्कली पैसा बुझ्छन् । गरिबी पैसामा होइन, सोचमा हुन्छ ।
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: हामी सबै गरिबकै कोटिमा ! को हो गरिब ? Rating: 5 Reviewed By: Mero samay