Mero Samay

  • Latest News

      Feb 11, 2016

      कैदीहरुबीच झडप , ५२ जनाको मृत्यु

      काठमाडौं २९ माघ, २०७२ । उत्तरी मेक्सिको एक जेलमा कैदीहरुबीचको झडपमा परि ५२ जनाको मृत्यु भएको छ ।
      नीवो लेयोन प्रान्तका गभर्नर जेमी रोडरीगेजका अनुसार झडपमा अन्य १२ जना  समेत घाइते भएका छन् ।
      जेल बाहिर कैदिका आफन्तले प्रदर्शन गरेका छन् । उनीहरुले जेलमा रहेका आफ्ना मान्छे बारे जानकारीको माग गरिरहेका छन् । जेलको एक भवनमा आगो लागेको र धुवाको मुस्लो आएको देखिएको जेलका अधिकारीहरुले जनाएका छन् । तर कोही पनि कैदी जेलबाट भने नभागेको जेल अधिकारीहरुको दावी रहेको छ । घटनाको अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।
      यो घटना त्यस बेला भएको छ जतिवेला उत्तरी शहर सिउडाडको एक जेलमा पोप फ्रान्सिसले भ्रमण गर्न लागेका छन् । यस क्षेत्र ड्रग कारोबारीको क्षेत्रको रुपमा परिचित रहेको छ ।
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: कैदीहरुबीच झडप , ५२ जनाको मृत्यु Rating: 5 Reviewed By: Mero samay