Mero Samay

  • Latest News

      Feb 11, 2016

      भारत भ्रमण अघि नै प्रधानमन्त्री ओलीको सहमतिको प्रयास

      काठमाडौँ, २९ माघ, २०७२ । मधेसमा भइरहेका प्रदर्शन र नाकाबन्दी रोकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा तीन दल र संयुक्त मधेसी मोर्चा सम्मिलित कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छ । फागुन ७ गतेको भारत भ्रमण अघि नै प्रधानमन्त्री ओलीले सिमांकनको विषयलाई सहमति बनाउने उद्देश्य अनुरुप बैठक बसिरहेको बताइएको छ ।
      बैठकमा संयन्त्रका सदस्यहरु महेश आचार्य, भीम रावल, कृष्णबहादुर महरा, लक्ष्मणलाल कर्ण, राम नरेस राय र हृदयेश त्रिपाठीलगायत सहभागी छन् । यो बैठकले सहमति निर्माण गर्न असफल भएमा भोलि तीन दल र मधेसी दलका शीर्ष नेताबीच हुने बैठकले सहमति खोज्ने बताइएको छ । by-Onlinepatrika
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: भारत भ्रमण अघि नै प्रधानमन्त्री ओलीको सहमतिको प्रयास Rating: 5 Reviewed By: Mero samay