माघ, २७ काठमाडौं । २०७२
नेपाली
कांग्रेसका दिवंगत सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय
सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

कोइरालाको पार्थिव शरीरमा उनका भतिज अतुल कोइरालाले दागबती दिएका छन् । त्यसअघि स्व। कोइरालाको सम्मानमा नेपाली सेना एक टुकडीले राष्ट्रिय धूनसहित अन्तिम सलामी अर्पण गरेको थियो । उनलाई १३ तोपको सलामी दिइएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।
कोइरालाप्रति अन्तिम श्रद्धान्जली दिन प्रमुख दलका नेता, कूटनीतिज्ञ, कांग्रेस नेता कार्यकर्ता र शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।

यसअघि दशरथ रंगशालाबाट शव यात्रा सुरु भएको थियो । शव यात्रामा सहभागीले ‘सुशील दाइको अभियान, शान्ति र संविधान, सुशील कोइराला अमर रहुँन्, जय नेपालको नाराले संविधान पाए साराले’ भन्नेजस्ता नारा लगाएका थिए ।
पूर्व प्रधानमन्त्री कोइरालाको सोमबार राति १२:५० मा निधन भएको थियो ।