काठमाडौँ, १ फाल्गुन । शनिबार बिहान सिलोङमा भईरहेको १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा नेपालले श्रीलंकविरुद्ध ४-० को जीत निकालेको छ ।
नेपालका लागि माया लिम्बूको क्रसलाई बचाउने क्रममा श्रीलंकन डिफेन्डरले गोल गर्न पुगेपछि नेपालले अग्रता लिएको थियो ।
पहिलो हाफ खेलमा १ – ० मा टूंग्याएको नेपालले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको थियो । नेपालका लागि दोस्रो हाफमा ५१ औं मिनेटमा सावित्रा भण्डारीले गोल गरेका थिए । त्यसपछि २-० को अग्रता लिएको थियो । ६३औं मिनेटमा सावित्राले फेरि अर्को गोल गरेर तेस्रो र ७९ अौं मिनेटमा सपना लामाले गोल गर्दै ४-० को अग्रता दिलाउँदै रजत पदक पक्का गराउन सफल भइन ।
यो जितसंगै नेपाल साग फुटबलको फाइनलमा पुगेको छ । अब नेपालको भेट स्वर्ण पदकका लागि भारत र बंगालदेशबीचको खेलको विजेतासँग हुनेछ ।