पिएबाट पिएमसम्मको राजनीतिक यात्रा
कुनै जमानामा एक जना मन्त्रीका पिए कसरी देशकै पिएमसम्म भए रु हलिउड फिल्मका हिरो बन्ने सपना पालेर हिँडेका एक युवा कसरी काठमाडौंका राजनीतिक एलिटहरुका हिरो बन्न सफल भए रु त्यस्ता हिरोहरुलाई देहान्त हुनुअघिसम्म पनि पार्टीका सभापति र प्रतिपक्षी दलका नेताका रुपमा पदीय निरन्तरता र राजनीतिक सत्ताको महत्वाकांक्षाले किन गाँज्दोरहेछ होला ?
वयोवृद्ध अवस्थामा निवर्तमान प्रधानमन्त्री तथा नेपाली काग्रेसका वर्तमान सभापतिका रुपमा सुशील कोइरालाको निधनपछि यस्ता केही प्रश्न उब्जिएका छन् । यस्ता प्रश्नको नेपथ्यमा भने नेपालमा राजनीतिक एलिटहरुको नेतृत्व निर्माणको आधार, प्रक्रिया र संस्कृति जोडिएको छ, जसले उनीहरुका हिरोहरुको चरित्र र स्वभाव कुँद्ने काम गर्दै आएका छन् ।

- कोइराला सरकारलाई बर्खास्त गरिनुभन्दा पाँच महिनाअघि डा. गिरीले अगस्ट १९६० मा मन्त्री पदबाट राजीनामा दिएपछि उनका पिए सुशीलले अमेरिका जाने तयारी गरेको हुन सक्छ, हलिउडका हिरो हुन ।
सुशील कोइराला पुराना राजनीतिक कुलीनहरु स् शाह वा राणा वा अन्य थरघरमा जन्मिएका नेता होइनन्, बरु तिनीहरुको प्रभुत्वसँग लड्दै, सम्झौता गर्दै र आफ्नो राजनीतिक धरातल बनाउँदै आएको कोइराला परिवारका निकटका सदस्य हुन् । नयाँ राजनीतिक एलिटको रुपमा विकास भएका बीपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालासँग सुशीलको मातृसम्बन्ध रहेको छ । सुशील गिरिजाप्रसाद कोइरालाकी आमा दिव्याकुमारीकी साहिँली बहिनी कुमुदिनी देवीका छोरा हुन् । सुशीलको आर्थिक पृष्ठभूमि निर्माणमा उनका पिता बोधप्रसाद कोइरालाको राणाकालीन वन अधिकृतको भूमिका महत्वपूर्ण रहेको हुन सक्छ । त्यसमा पनि पहाडी ब्राम्हण क्षेत्री कुलीन पुरुषहरुको वर्चस्व रहेको नेपाली राजनीतिमा उनको प्रवेशलगत्तै एकपछिका सत्तारोहण कठिन पहाड चढेजस्तो हुने कुरै भएन ।
बीपी कोइरालाको ‘प्रजातान्त्रिक समाजवाद’को आदर्शबाट प्रेरित भएर सुशीलले २०१० सालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा लागेको वृत्तान्त प्रचारित छ । उनी व्यक्तिगत रुपमा बीपी, एमपी र जीपीका कोइराला भाइबन्धु भएको र त्यसबेला कांग्रेससँग क्रान्तिकारी ‘फ्लेबर’ पनि भएको अवस्थामा उनी कांग्रेस पार्टीसँग नजिकिनु पनि अनौठो होइन । यी दुवै पाटोको लाभ उनको राजनीतिक विचार निर्माणसँगै राजनीतिक एलिटहरुको एक नेतृत्वको रुपमा व्यक्तित्व निर्माणमा प्रत्यक्ष परोक्ष रुपमा प्राप्त भएको हुन सक्छ ।

- उप विदेशमन्त्री डा. तुलसी गिरीका पिए
संविधानसभाका लागि २०१४ सालमा भएको भद्र अवज्ञा आन्दोलनमा उनको भूमिका कस्तो रह्यो, उनीसम्बन्धी राजनीतिक वृत्तान्तमा पढ्न पाइँदैन । २०१५ सालको आम निर्वाचनमा उनको सक्रियता बढेको हुन सक्छ, जसमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेको थियो । त्यसबीचमा बीपी कोइरालाको नेतृत्वमा बनेको कांग्रेसी सरकारमा उनको उपस्थिति प्रभावशाली मन्त्रीका पिएका रुपमा देखिन्छ । सायद युवा उत्साही कोइरालाबन्धु भएकै कारण उनलाई त्यसबेलाका उप विदेशमन्त्री डा। तुलसी गिरीका पिए बनाइएको हुन सक्छ । उनी डा। गिरीको पिए रहेको तथ्य कुमारमणि दीक्षितको ‘फाटफुट सम्झना’मा पढ्न पाइन्छ । कोइराला सरकारलाई बर्खास्त गरिनुभन्दा पाँच महिनाअघि डा। गिरीले अगस्ट १९६० मा मन्त्री पदबाट राजीनामा दिएपछि उनका पिए सुशीलले अमेरिका जाने तयारी गरेको हुन सक्छ, हलिउडका हिरो हुन ।
- विमान अपहरणको अगुवाइ र पार्टीमा सत्तारोहण
भनिन्छ, हलिउडको हिरो हुने ह्याण्डसम सुशीलको अनौठो सपनामाथि ब्रेक हाल्ने काम राजा महेन्द्रले शाही सैनिक विप्लवले गरेको थियो । २०१७ सालमा कोइराला सरकारलाई बर्खास्त गर्ने र संसदीय प्रजातन्त्रलाई सैनिक बुटले कुल्चने काम गरिएकाले उनी राजनीतिक हिरोइज्मतिर हाम्फालेका हुन् । यसरी फिल्मका हिरो हुने सपनालाई राजनीतिक हिरोको भूमिकाले विस्थापित गरेको पनि हुन सक्छ । त्यही हिरोइज्म २०३० सालमा गिरिजाप्रसाद कोइरालाको अगुवाइमा शाही नेपाली वायु सेवा निगमको विमान अपहरणका एक नाइके हुँदा प्रकट भएको पनि हुन सक्छ ।
विमान अपहरणअघि लामो भारत प्रवास र त्यसपछि तीन वर्षको जेलजीवनपछि उनी २०३६ सालपछि राजनीतिक परिदृश्यमा देखिएको बताइन्छ । तर उनलाई पार्टीको केन्द्रीय सदस्य, त्यसबाट महामन्त्री र त्यसबाट कार्यवाहक सभापतिको पदसम्म हुक ९तान्ने० काम भने गिरिजाप्रसाद कोइरालाले गरेकोमा कुनै शंका छैन ।
बीपी र मातृकाबीच पार्टीका अध्यक्ष र प्रधानमन्त्री पदका लागि लडाइँ हुँदा पार्टीसमेत फुटेको इतिहास नेपाली कांग्रेसमा छ । यसरी दाजुभाइबीच भएको वर्चस्वको संघर्षकै अर्को पाटो हो, बीपीले आफ्ना भाइ जीपीलाई आफ्नो राजनीतिक विरासत वंशानुगत रुपमा हस्तान्तरण गर्नु । र, जीपी कोइरालालाई गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको समकक्षमा उभ्याउनु र अन्ततः त्यसमा पनि पार्टी र राजनीतिक सत्ताको हस्तान्तरण गर्न सफल हुनुकै एक अर्को कडी हो सुशीलको सत्तारोहण पनि ।
हुन त पछिल्लो तीन दशकमा कृष्णप्रसाद भट्टराईबाट गिरिजाप्रसाद कोइराला र सुशील कोइरालामा सभापति पदको सत्ता हस्तान्तरण हुनुमा सीमित मात्रामा प्रयोग हुन थालेको लोकतान्त्रिक प्रक्रियाको पनि भूमिका नभएको होइन । यति हुँदाहुँदै पनि कोइराला वंशमा आधारित आन्तरिक सत्ता हस्तान्तरणको प्रक्रिया नै हावी रहेको तथ्य जगजाहेर छ । लगभग ८० वर्षको उमेरमा समेत सभापतिका प्रत्याशी रहेका सुशीलको देहान्त नभएको भए त्यसले अझै निरन्तरता पाउने निश्चितप्रायः जस्तै थियो । अझै कुनै न कुनै रुपमा त्यो वंशाणुगत राजनीतिक सत्ताको निरन्तरता कायम रहने सम्भावनालाई इन्कार गर्न सकिँदैन, सशांक वा शेखर वा सुजाता वा अरु कुनै कोइराला वंश वा नातेदारका नाममा ।
जीपी कोइरालालाई गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको समकक्षमा उभ्याउनु र अन्ततः त्यसमा पनि पार्टी र राजनीतिक सत्ताको हस्तान्तरण गर्न सफल हुनुकै एक अर्को कडी हो सुशीलको सत्तारोहण पनि ।

- यथास्थितिवादी राजनीतिक कुलीनहरुका अगुवा
तथ्य नखोज्ने र तर्क पनि नगर्ने नेपाली समाजमा पिएबाट पिएमसम्म भएका सुशील कोइरालाको देहान्तपछि उनको राजनीतिक भूमिका र नेतृत्वबारे गुणगान गाउने क्रम तीव्र भएको छ । यथार्थमा भने उनको जीवन, कर्म र मत हेर्दा उनको अनिर्णायक व्यक्तित्वका कारण नेपाली कांग्रेस र नेपाली राजनीतिमा धेरै सकारात्मक वा नकारात्मक भूमिका निर्वाह भएको कम मात्रै देखिन्छ । उनको नेतृत्वमा पार्टी र देशको जीवनमा जे जति राम्रा नराम्रा काम भए, त्यसमा उनको निजी भूमिकाले कम अनि कांग्रेसी सिद्धान्त, संरचना र संस्कृतिले बेसी योगदान दिएको प्रतीत हुन्छ ।
सात सालमा क्रान्तिकारी, त्यसपछिको दशकमा सुधारवादी भूमिका खेलेको कांग्रेसले पञ्चायती निरंकुशतासँग संघर्षपछि मूलतः यथास्थितिवादी रबैया अँगालेको राजनीतिशास्त्री डा। लोकराज बराल, कृष्ण हाछेथु र हरि शर्माको ठहर छ । त्यही यथास्थितिवादी राजनीतिलाई बचाउँदै देश र पार्टीको अगुवाइ गरेका गिरिजाप्रसाद कोइरालाका लामो समयसम्मका दाहिने हात थिए, केन्द्रीय सदस्य, महामन्त्री र कार्यवाहक सभापतिका रुपमा सुशील कोइराला ।
त्यसो त अर्ध संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा नेपाली राज्यतन्त्रको रुपान्तरण अभियानमा साठ्ठीको दशकमा कहिलेकाहीँ गिरिजाप्रसाद कोइरालासामु समेत बाधाका रुपमा तेर्सिएको नेपाली कांग्रेसका मुख्य नेतृत्वकर्ता थिए सुशील कोइराला । तर लोकतान्त्रिक गणतन्त्रमा पसेपछि एक प्रधानमन्त्री समेत भएका सुशीलले एकात्मक केन्द्रीकृत हिन्दु धर्मसापेक्ष राज्यलाई संघीय समावेशी र धर्मनिरपेक्ष राज्यमा रुपान्तरण गर्न नदिन वा ती एजेण्डालाई ‘डाइलुट’ गर्न खेलेको भूमिका पनि कसैबाट छिपेको छैन । नेपालको राजनीतिक अविकासको पुरानो रथ बनेको संसदीय प्रणालीमा राष्ट्रपतीय वा प्रधानमन्त्रीय पद्धतिमा रुपान्तरण अभियानमा, त्यस्तै एक जाति, वर्ण, वर्ग, क्षेत्र र लिंगको शासन पद्धतिलाई समावेशी लोकतान्त्रिक पद्धतिमा ढाल्ने मामिलामा कांग्रेसले खेलेको दक्षिणपन्थी भूमिकाको शीर्ष नेतृत्वमा उनी नै थिए भन्ने कुरा पनि प्रस्ट छ ।
एक जाति, वर्ण, वर्ग, क्षेत्र र लिंगको शासन पद्धतिलाई समावेशी लोकतान्त्रिक पद्धतिमा ढाल्ने मामिलामा कांग्रेसले खेलेको दक्षिणपन्थी भूमिकाको शीर्ष नेतृत्वमा उनी नै थिए भन्ने कुरा पनि प्रस्ट छ ।

- एक थान संविधान र ४० जना मधेसीजनको ज्यान
यसरी यथास्थितिको पक्षपोषण गर्दागर्दै पनि दोस्रो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भएको कांग्रेस र त्यसको शीर्ष नेतृत्वकै कारणले पनि देशमा एक थान संविधान आएको र त्यसले द्वन्द्वलाई कम पार्नुको साटो बढाएको तथ्य पनि छर्लंग छ । जस्तो भए पनि आखिर उनकै प्रधानमन्त्रित्व कालमा नयाँ संविधान निर्माण भएको श्रेय दिन कन्जुस्याइँ गर्नुपर्दैन । यसरी श्रेय दिँदादिँदै पनि, उनकै अगुवाइमा बनेको असमावेशी संविधानका कारण द्वन्द्व, आन्दोलन र नाकाबन्दीले चरम रुप लिँदा उनको नेतृत्वमा रहेको राज्यको गोलीले ४० जना मधेसीजनको ज्यान लिएको कटु यथार्थ पनि बिर्सन सक्दैनौं । मूलतः नेपाली कांग्रेसको यथास्थितिवादी राजनीति, अदूरदर्शी नीति र असंवेदनशील नेतृत्वका कारण विनाशकारी भुइँचालोको कहरबाट मुक्त गाह्रो परिरहेको मात्रै होइन, भूकम्पको मौका छोपी राज्य र पार्टीको शीर्ष तहबाटै संगठित रुपमा भ्रष्टाचारलाई मौलाउन दिइएको तीतो सत्य पनि उनको देहान्तसँग चिहानमा जाने अवस्था छैन ।
उनको कार्यकालमा नयाँ संविधान निर्माण गरिएकोमा उनलाई श्रेय दिँदादिँदै पनि, असमावेशी संविधानका कारण द्वन्द्व, आन्दोलन र नाकाबन्दीले चरम रुप लिँदा उनको नेतृत्वमा रहेको राज्यको गोलीले ४० जना मधेसीजनको ज्यान लिएको कटु यथार्थ पनि बिर्सन सक्दैनौं ।
यस दुःखद् घडीमा पनि हामी शुभकामना गरौं, यथास्थितिवादी राजनीतिको अगुवाइ गरेका राजनीतिक अभिजातहरुका एक नेतृत्वकर्ताको निधनसँगै अब नेपाली कांग्रेसबाट त्यस्ता नीति र नेतृत्व पनि समाप्त होऊन् । हुत त कांग्रेसको संरचना, सिद्धान्त र संस्कृतिका कारण हामी जनताका शुभकामनाले केही लछारपाटो लगाउने सम्भावना छैन । र पनि आशा गरौं, सामाजिक द्वन्द्व र त्यसको जगमा उठ्ने नयाँ राजनीतिक नेतृत्वको दबाबबिना डेग पनि नचल्ने कांग्रेसी राजनीतिमा अब वंशाणुगत नेतृत्वको सट्टा नयाँ दूरदर्शी जनमुखी र लोकतान्त्रिक नेतृत्व निर्वाचित भएर आयो भने यथास्थितिवादको जग हल्लिन्छ कि रु तर नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका तलदेखि माथिसम्मका पदाकांक्षीहरुका विचार र व्यवहार हेर्दा सुशील कोइरालाकै फोटोकपी आउने सम्भावना प्रबल छ ।
यस अर्थमा, यही समग्र राजनीतिक संरचना र संस्कृतिले नै सभापतिहरुलाई आर्यघाट नपुगेसम्म पार्टी र राज्यको पदमा टाँसिरहन बाध्य पार्ने र नयाँ दूरदर्शी जनमुखी र लोकतान्त्रिक नेतृत्व आउन नदिने हो । त्यसरी हेर्दा अस्सीअस्सी वर्षको उमेरसम्म पनि मुख्य पद ओगटिरहने गिरिजा वा सुशील जो कसैको पनि प्रवृत्तिको अन्त्यको थालनी नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुन सक्छ ।ट्विटर : @rmaharjan72