चन्द्रकिशोर पत्रकार एवं स्तम्भकार । |
जनताको अपार सहयोग र समर्थनमा तेस्रो मधेस आन्दोलन आफैमा सार्थक भयो । यस आन्दोलनका नायक मधेसी जनता थिए ।
वीरगञ्ज–रक्सौल जोड्ने मितेरी पुल मितेरीधामको रुपमा चिनिएको थियो । तर दुई महिनादेखि सीमानाकामा जनता थिएनन् । किनभने छठपछि मधेसी मोर्चाका अधिकांश स्थानीय नेता÷कार्यकर्ताको छवि खराब भयो । उनीहरु तस्करी र कालोबजारीमा सक्रिय भए । फलतः वीरगञ्ज नाकामा साधुबाबाले धुनी बालेर बसेका थिए । ती बाबासँग केही इमान्दार कार्यकर्ता धर्नामा अवश्य थिए ।
यो मधेसी जनताको असफलता होइन । यो आन्दोलनको अगुवाइ गर्ने मोर्चाका नेताहरुको पराजय हो । मोर्चाको नेतृत्व अकुशलताका कारण आन्दोलन तुहियो । नेताहरुबीचको आपसी असमझदारी, मनमुटाव र स्वार्थ तथा व्यक्तित्वको टकरावले पनि आन्दोलनलाई कमजोर बनाउने काम गर्यो ।
सीमानाकामा अवरोध सृजना गर्नु असहयोग आन्दोलनको एक रुप हो । यस्तो आन्दोलन लामो समय चल्न सक्दैन । समय समयमा आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्दथ्यो । मैले पनि मोर्चाका नेताहरु आन्दोलनको स्वरुप बदल्न पटकपटक आग्रह गरेको थिएँ । मोर्चाका नेताहरुले बुद्धि पुर्याएका भए मानवीय संकटको हवाला दिँदै उनीहरुले उहिले सीमाको अवरोध फिर्ता लिन सक्थे ।
तिहार र छठपछि नै स्थानीय रेडियोहरुका अन्तर्वार्ताहरुमा मोर्चाका नेताहरु प्रतिरक्षात्मक भएका थिए । ती स्थानीय नेताहरु एकअर्कामाथि आरोपप्रत्यारोपमा व्यस्त थिए । एकले अर्कालाई तस्करको आरोप लगाउन थालिसकेका थिए ।
निष्कर्षबिनै आन्दोलन रोकिनु दुर्भाग्यपूर्ण हो । यो मधेसी जनताको असफलता होइन । यो आन्दोलनको अगुवाइ गर्ने मोर्चाका नेताहरुको पराजय हो । मोर्चाको नेतृत्व अकुशलताका कारण आन्दोलन तुहियो । नेताहरुबीचको आपसी असमझदारी, मनमुटाव र स्वार्थ तथा व्यक्तित्वको टकरावले पनि आन्दोलनलाई कमजोर बनाउने काम गर्यो । प्रस्तुति : कुमार अमरेन्द्र- esamata