Mero Samay

  • Latest News

      Mar 8, 2016

      मधेस आन्दोलनबारे म्यानमारमा छलफल

       वीरगञ्ज, २५ फागुन, म्यानमारको राजधानी नेपीटनमा आज मधेस आन्दोलनबारे छलफल भएको छ । नेपाल, भुटान र डेनमार्कका प्रतिनिधिबीच मधेश आन्दोलनका उपलब्धि र आगामी कार्यदिशाबारे छलफल भएको हो ।

      अर्थपूर्ण प्रजातन्त्र र राजनीतिमा महिलाको भूमिका विषयमा भएको अन्तरक्रियामा नेपालबाट तराई मधेश लोकतान्त्रिक पर्टीका महासचिव जितेन्द्र सोनलको सहभागिता थियो । कार्यक्रममा म्यानमारकी प्रजातन्त्रवादी नेतृ आनसाङ सूची नेतृत्वको नेशलन लिग फर डेमोक्रेसीका तर्फबाट सांसद स्वेस्वे सेन लतको पनि सहभागिता थियो । 
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: मधेस आन्दोलनबारे म्यानमारमा छलफल Rating: 5 Reviewed By: Mero samay