Mero Samay

  • Latest News

      Mar 6, 2016

      बिना रुट र विना दर्ता सञ्चालित ई—रिक्सा विरुद्ध टेम्पो सञ्चालकको कदम

      बीरगंज, २३ फागुन
      बीरगंज टेम्पो संघले पर्सा जिल्लाका ४ वटा कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । बीरगंज टेम्पो संघले नगरमा नियम विपरित संचालनमा रहेको ई—रिक्साहरु बिना रुट र विना दर्ता एकलौटी ढंगले सन्चालन गरेकोमा यातायात क्षेत्रसँग सम्बन्धित कार्यालयहरुलाई ध्यानाकर्षण गराएको संघका अध्यक्ष मुमताज मन्सुरीले बताए । उनकै नेतृत्वमा गएको टोलीले पर्साको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, बीरगंज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रकाश अमात्य, नारायणी यातायात व्यवस्था कार्यालय बीरगंजका अधिकृत छवि रमण भट्टराई, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक खेम आचार्यलाई ज्ञापन पत्र बुझाएको थियो ।
      मन्सुरीका अनुसार ई—रिक्साहरुलाई रोक लगाई व्यवस्थित ढंगले सन्चालन गराउनका लागि सम्बन्धित कार्यालयहरु लाई अनुरोध गर्नुको साथै नगरका नागरिक एवं आगन्तुकहरुलाई सहज सुविधाका लागि हामि गम्भिर हुँदै सो कदम चाल्न बाध्य भएको बताएका थिए ।


      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: बिना रुट र विना दर्ता सञ्चालित ई—रिक्सा विरुद्ध टेम्पो सञ्चालकको कदम Rating: 5 Reviewed By: Mero samay