Mero Samay

  • Latest News

    Mar 9, 2016

    भारतबाट पाँच महिना बिजुली आउँदा वर्षैभरि भाडा तिर्नुपर्ने !

    २७ फागुन, काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर नेपालतर्फ पठाएको बिजुली जम्ममा पाँच महिनाका लागि रहेको तर प्रसारण लाइनको भाडा भने वर्षैभरि तिर्नुपर्ने सम्झौता गरिएको खुलेको छ ।
    पाँच महिनाका लागि ढल्केबरमुजफ्फपुर प्रसारण लाइनबाट ८० मेगावाट बिजुली आयात भए पनि नेपालले उक्त प्रसारणा लाइन उपयोग गरेबापत हरेक महिनाका साढै ८ करोड रुपैयाँ तिर्नुपर्ने सम्झौता गरिएको खुलेको आजको अन्नपूर्णमा समाचार छ ।
    फागु्न ९ गते प्रधानमन्त्री केपी ओली र उनका समकक्षी भारतीय प्रधानमन्त्रीले नयाँदिल्लीमा सयुक्त रुपमा स्विच दबाएर ८० मेगावाट बिजुली नेपाल पठाएका थिए ।
    तर दुई देशका अधिकारीले आगामी जुनसम्मका लागि भारतीय प्रसारण लागइनमार्फत बिजुली पूरै वर्षभरिको रकम तिर्नुपर्ने सम्झौता गरेर नेपाललाई ठूलो आर्थिक नोक्सानी भएको छ ।
    नेपाल विद्युत प्राधिकरणको अर्थ उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाका अनुसार उपयोग नभए पनि तिर्ने ९टेक अर पे० का आधारमा गरिएको सम्झौताअनाुसार प्राधिकरणले मासिक साढे ८ करोड रुपैयाँका दरले प्रसारण शुल्क ९विलिङ चार्ज ० बापतमात्र वर्षको एक अर्ब दुई करोड रुपैयाँ तिर्नुपर्नेछ । सात महिना उक्त प्रसारण लाइनबाट बिजुली नै आउँदैन । अनलाइन
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: भारतबाट पाँच महिना बिजुली आउँदा वर्षैभरि भाडा तिर्नुपर्ने ! Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top