Mero Samay

  • Latest News

    Mar 1, 2016

    नेपाल रेडक्रस सोसाइटीको ४८ औँ जिल्ला अधिवेशन समपन्न

    मेरो समय, फागुन १८ पर्सा २०७२,
    नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले आज ४८ औँ जिल्ला सभाको अधिवेशन समपन्न गरेको छ ।
    कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी केश्वराज घिमिरेले  जिल्लाका लागि विकास निर्माणको क्षेत्रमा विभिन्न शिर्षकमा सरकारबाट बजेट आएपनि कार्यन्वयन विना फ्रिज भएर गइरहेको हुदाँ नियमित विकास निर्माणको कामलाई तिब्रता दिनुपर्ने बताउनु भएको छ । यसवर्ष दैवप्रकोपको घटना धेरै भएकाले समाजिक संघसंस्थाको जिम्मेवारी पनि बढेको हुँदा चुनैतिका साथ पुरा गर्नुपर्ने बताउनु भएको हो ।
    कार्यक्रममा जिल्ला शाखाका रुपमा विभिन्न योगदान पुर्याए वापत पुरस्कृत गरेको थियो । पुरस्कृत हुनेमा जिल्ला शाखाका रुपमा उत्कृष्ट कर्मचारीका रुपमा उदयराज शर्मा, यसैगरी पर्साको गाविसमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न योगदान पुर्याएका नगरदाहाका श्रीनिवास प्रसाद साह, सेढवाका गाविसका सचिव जनकराज ढकाल, ठोरीका गाविस सचिव किरण बहादुर विक, खानेपानि तथा सरसफाई डिभिजन कार्यालयका इन्जनियर रामहित यादव लगायतलाई पुरस्कृत गरिएको थियो ।
    कार्यक्रममा उधोग वाणिज्य संघका अध्यक्ष प्रदिप केडिया, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जरा, रोडक्रस मन्त्रि विरेन्द्र राज कडेल लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सहजिकरण सैलेन्द्र चौरसियाले गरेका थिए भने कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति फुलमहमद मियाको सभापतित्वमा समपन्न भएको थियो ।
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: नेपाल रेडक्रस सोसाइटीको ४८ औँ जिल्ला अधिवेशन समपन्न Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top