Mero Samay

  • Latest News

    Feb 28, 2016

    कोकाकोलाले सार्वजनिक गर्यो नयाँ स्लोगन,प्रियजनसँग कोक पिउन आग्रह

    काठमाडौं । कोकाकोलाले नयाँ स्लोगन सार्वजनिक गरेको छ । पेय पदार्थको सिजन शुरु हुनलागेसँगै ‘टेस्ट द फिलिङ’ भन्ने स्लोगन सार्वजनिक गरेको हो ।
    काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक सांगितिक कार्यक्रमबीच सो स्लोगन सार्वजनिक गरिएको हो । विश्वका अरु देशहरुमा यसअघि नै सार्वजनिक भइसकेको छ । सो अवसरमा कलाकार एड्रिन प्रधान, यम बुद्ध र भरत क्षेत्रीले आफ्नो सांगितिक प्रस्तुति गरेका थिए ।
    पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले यो गर्मिको मौसममा  प्रियजनसंग बसेर कोक पिउँदै बस्न आग्रह गरिन । अमेरिकामा मुख्य कार्यालय रहेको यो कम्पनी विश्वभरी नै फ्रान्चाइज कम्पनीका रुपमा फैलिएको छ ।
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: कोकाकोलाले सार्वजनिक गर्यो नयाँ स्लोगन,प्रियजनसँग कोक पिउन आग्रह Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top