Mero Samay

  • Latest News

    Mar 4, 2016

    “तिम्रो खुशीमा” म्युजिक भिडियो वीरगंजमा बिमोचन


    वीरगंज,फागुन २१
    “तिम्रो खुशीमा” नामक म्युजिक भिडियो वीरगंजमा  बिमोचन हुने भएको छ । वीरगंजका चर्चित मोडल युवराज केशरी र श्रेया मान्धरको मुख्य भुमिका रहेको भिडियोको बिमोचन भोली  वीरगंंज स्थित माईस्थानमा रहेको वृन्दावन होटलमा  बिहान १० बजे हुने भएको छ । बिजय ठाकुरको निर्देशन तथा गायक अशोक प्रधानको स्वरमा रहेको गीतको  सम्पुर्ण छायांकन वीरगंजका बिभिन्न स्थानहरुमा भएको निर्देशक बिजय ठाकुरले बताए । मोडल युवराज केशरीले यो भन्दा अगाडि मायालु तिमी, जिन्दगीमा , तिमीलाई देखेर जस्ता गीतमा अभिनय गरिसकेका छन् । मोडल केशरीको तिम्रो खुशीमा  चौथौ म्युजिक भिडियो बिमोचन हुदै छ । यसैगरी केशरीको मायालु तिमीलाईको म्युजिक भिडियो पनि चाँडैनै छायांकन हुने निर्देशक ठाकुरले बताए ।
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: “तिम्रो खुशीमा” म्युजिक भिडियो वीरगंजमा बिमोचन Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top