Mero Samay

  • Latest News

    Mar 1, 2016

    बारा र पर्सा जिल्लाका सञ्चारकर्मिको सहभागितामा प्रस्तावना नं. १३२५ र १८२० को बारेमा अभिमुखि कार्यक्रम समपन्न

     मेरो समय, फागुन १८ पर्सा २०७२
    सशस्त्र हिसाँ न्यूनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण परियोजनाले आज वीरगंजमा लौङ्गिक उत्तरदायी बजेट, संयुक्त राष्ट्र संघको प्रस्तावना नं. १३२५, १८२० र समुदायिक सुरक्षा योजना पैरवीको लागि बारा र पर्सा जिल्लाका सञ्चारकर्मिको सहभागितामा अभिमुखि कार्यक्रम समपन्न गरेको छ ।
    कार्यक्रममा संयुक्त राष्ट्रसंघले महिलाका लागि दिएको सुझाव तथा पैरविलाई कार्यन्वयन गर्न जिल्लाको प्रत्येक निकायमा महिलाको बजेट सुनिश्चत गराउन सञ्चारकर्मिलाई सुझाव दिएका थिए । प्रस्तावना नं. १३२५ र १८२० ले १८ वटा धारामा सहमति गरि सम्पुर्ण देशले यस धारालाई कार्यन्वयन गराउन लागि परेको बारा, पर्साकी परियोजना अधिकृत बैजन्ती गिरी सिंहले बताइन् ।
    महिला, शान्ति र सुरक्षाको प्रमुख विषय वनाई हिसाँ न्यूनिकरणका बारेमा विभिन्न भेगमा कार्यक्रम गरि महिलालाई सबलिकरण बनाउदै आएको नेपाल सरकार, गृह मन्त्रालय र युएनडिफिको संयुक्त परियोजनाले लैङ्गिक हिसाँका बारेमा देशका ९ जिल्लामा प्रारम्भिक चरणमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । जिल्लामा विभिन्न शिर्षकमा आएको रकमबाट संविधानमै महिलाको लागि अल्लग प्रवाधान भएकाले यसका बारेमा सञ्चारकर्मिले बजेट छनोट र बजेट निर्धारणमा महिलाका लागि पैरवी गरिदिनुपर्ने सञ्चारकर्मिलाई परियोजना अधिकृत बैजन्ती गिरी सिंहले सुझाव दिएकी थिइन् ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटि, परियोजनाका समुदायिक सुरक्षा सहजकर्ता शिवनाथ यादव, सरोज यादव, विक्की महतो, श्रृला सरकार लगायतको उपस्थिति रहेको थियो ।


    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: बारा र पर्सा जिल्लाका सञ्चारकर्मिको सहभागितामा प्रस्तावना नं. १३२५ र १८२० को बारेमा अभिमुखि कार्यक्रम समपन्न Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top