Mero Samay

  • Latest News

      Mar 3, 2016

      अक्षरांङकन पद्घति कार्यान्वयन सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न


      फागुन २० पर्सा २०७२,
      विकास नेपाल पर्साको सहयोग तथा जिल्ला शिक्षा कार्यालय पर्साको आयोजनामा आज अक्षरांङकन पद्घति कार्यान्वयन सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।  वीरगंजको जिल्ला बाल कल्याणको सभा हलमा आयोजित कार्यक्रममा अक्षरांङकन पद्घतिको बारेमा जिल्ला शिक्षा कार्यालय पर्साका बि.नि. मन्जुर आलमले प्रस्तुति गर्नु भएको थियो । 
      कार्यक्रममा बोल्दै शिक्षा अधिकारी रामविनय कुमार सिंहले बिधार्थी तथा अभिभावकमा रहेको भ्रम हटाई पढने पढाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिएका थिए । यसवर्ष देखि हुन लागेको एसएल सी परिक्षाको नतिजामा विद्यार्थी फेल र पास लेखे पनि कुन ग्रेड सम्मलाई लोक सेवा तथा अन्य ठाँउमा मान्यता दिने भएकाले ४० अंक भन्दा कम आउने बिधार्थी फेल सरह नै भएकोले अभैm मेहनत गर्नु पर्ने आवश्यता रहेको बताएका थिए । कार्यक्रममा पर्सा जिल्ला स्थित सामुदायिक बिद्यालयका प्र.अ. तथा प्रचारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य विकास नेपाल पर्साका अध्यक्ष फुलमहम्मद मियाँले गर्नु भएको थियो । भने कार्यक्रमको संचालन विकास नेपाल पर्साकी कविता खडकाले गर्नु भएको थियो । कार्यक्रम शिक्षा अधिकारी रामविनय कुमार सिंहको अध्यक्षतामा समपन्न भएको थियो । 
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: अक्षरांङकन पद्घति कार्यान्वयन सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न Rating: 5 Reviewed By: Mero samay