Mero Samay

  • Latest News

      Feb 19, 2016

      मानव अधिकार वर्षपुस्तक सार्वजनिक

      फाल्गुन ७, २०७२ अनौपचारिक सेवा केन्द्र (इन्सेक) नेपालले यो वर्षको मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गरेको छ । पूर्व राष्ट्रपति रामवरण यादवले शुक्रबार ललितपुरमा आयोजित एक समारोहमा इन्सेक पुस्तक विमोचन गरेका हुन् ।
      इन्सेकका अनुसार यो वर्ष देशभरमा ३ सय ७ जना मारिएका छन् । त्यस्तै ६ हजार ३ सय ५७ वटा मानवअिधकार उल्लंघनका घटना भएका छन् । त्यसमध्ये बालबालिकाको संख्या ९ सय ३८ छ ।
      भूकम्प, तराई(मधेश आन्दोलन र नाकाबन्दीका कारण आम मानिस धेरै नै कष्टमा परेको प्रतिवेदनले औंल्याएको छ । इन्सेकले अढाइ दशकदेखि हरेक वर्ष फागुन ७ गते मानवअधिकारको वर्ष पुस्तक निकाल्दै आएको छ । इन्सेकले सवोत्कृष्ट जिल्ला प्रतिनिधीका रुपमा बाराका लक्ष्मी साहलाई १० हजार  नगद सहित पुरस्कृत समेत  गरेको छ ।By-ekantipur
      • Blogger Comments
      • Facebook Comments
      Item Reviewed: मानव अधिकार वर्षपुस्तक सार्वजनिक Rating: 5 Reviewed By: Mero samay