फागुन ८ वीरगंज, २०७२
पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले आज आफनो निर्वाचन क्षेत्रको जनता संग भेटघाट संगै त्यस क्षेत्रमा भइरहेको बिकास निर्माणको कार्यको स्थलगत निरिक्षण गरेका छन् । सोही क्रममा यादवले आज वीरगंज उपमहानगरपालिकाको आर्थिक सहयोगमा मुर्ली वडा नं. १५ मा निर्माण भइरहेको सडकको अवलोकन गरेका हुन । मुर्ली १५ स्थित नेपाल टेलिकमको क्षेत्रिय कार्यालयको पुर्व पट्टीको सडक ढलान गरिएको हो । ढलान सडक निरिक्षण गर्दै यादवले बिगत ६ महिना देखि ठप्प रहेको पर्साको बिकास निर्माणका कार्यहरु अब तदारुकताका साथ सम्पन्न हुने बिश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा नेकपा एमाले वडा नं. २६ का वडा अध्यक्ष लालबाबु यादव (अनिल), एमालेका स्थानिय नेताहरु मुन्ना कुशवाहा,दिनेश पटेल लगायतको सहभागिता रहेको थियो ।