Mero Samay

  • Latest News

    Feb 15, 2016

    प्रहरीले भन्सार प्रक्रिया नबुझ्दा व्यापारीलाई सास्ती

    वीरगन्ज– सरकारलाई राजस्व तिरी भन्सारबाट भित्र्याएका वस्तु प्रहरीले नियन्त्रणमा लिएर बिलबिजक बिनानै राजस्व अनुसन्धान विभागलाई बुझाउन थालेको छ । पर्सा प्रहरीको यो गलत प्रवृत्ति बढ्दै गएपछि भन्सार कर्मचारी र एजेन्टले विरोध गरेका छन् । भन्सार जाचपास भई निस्केका मालवाहक सवारीको प्रज्ञापनपत्र नै च्यातेर समेत प्रहरी राजस्वमा सामान बुझाउन थालेपछि व्यापारी संशकित बनेका छन् । भन्सारले शिल लगाएको कन्टेनरको पनि प्रज्ञापनपत्र नभएको भन्दै प्रहरीले आइतबार मात्र ना३ख ७७५३ नम्बरको गाडी राजस्वमा बुझाएको छ । उक्त गाडी प्रहरीले शुक्रबार भन्सार ऐरियाबाट नियन्त्रणमा लिएको थियो । व्यापारीले प्रज्ञापनपत्र र बिलबिजक देखाउदा पनि प्रहरी निरीक्ष्ँक गंगा सारुको नेतृत्वमा रहेको टोलीले कागजपत्र बिनानै गाडी जिल्ला प्रहरी कार्यालयमा लिएर आएको थियो । एसपी राजुबाबु श्रेष्ठलाई व्यापारीले रातिनै शिलबन्दी गाडीको सम्पूर्ण कागजात देखाएका थिए ।
    भोलिपल्ट सार्वजनिक बिदा भएकाले प्रहरीले आइतबार उक्त गाडी कागजात बिना फेला परेको भन्दै थप कारबाहीका लागि पथलैया स्थित राजस्व अनुसन्धान विभागको कार्यालयमा पठाएको छ । प्रहरीले पठाएको पत्रमा भन्सारको ३ वटा शिल लागेको भएपनि कागजात फेला नपरेको जनाएको छ । प्रहरीले भन्सार प्रक्रियाको सामान्य जानकारी नराख्दा समस्या सृजना भएको र व्यापारीले अनावश्यक दुख मात्र पाएको भन्सारका अधिकृतले बताए । जाचपास प्रक्रिया पुरा गरी साढे ७ लाख रुपैया राजस्व तिरेर भन्सारको गेट नम्बर २ अगाडि रोकिएको गाडी प्रहरीले नियन्त्रणमा लिएको वीरगन्ज भन्सारले जनाएको छ । भन्सारको रेकर्ड अनुसार उक्त नम्बरको गाडीमा राजस्व तिरीएका वस्तु लोड भएको र प्रहरीले प्रज्ञापनपत्र बिनानै गाडी नियन्त्रणमा लिएर गएको दाबी गरेको छ । राजस्व विभागलाई पत्राचार गरेर यसबारे जानकारी समेत भन्सारले गराएको छ । ५ बजेर ४५ मिनेटमा भन्सार गेटपास बनेको उक्त गाडी बीरगन्ज भन्सारको गेट नम्बर २ बाट बाहिर निस्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएका थिए । स्रोतका अनुसार गाडी नियन्त्रणमा लिएको करिब १ घन्टा अगाडि देखि नै प्रहरीको गाडी मालवाहक सवारी जा“चपास भएर निस्कने गेट छेउमा रोकिराखेको थियो । गेटमाथि भन्सारले जडान गरेको सिसिटिभी क्यामेरामा समेत उक्त दृश्य कैद भएका छन् ।
    निमिक्त भन्सार प्रमुख लोकराज पन्तले भन्सारको काम गर्ने तरिका बारे प्रहरीलाई थाहा नहु“दा राजस्व तिर्ने व्यापारीले समेत दुःख पाएको गुनासो गरेका छन् । एसपी राजुबाबु श्रेष्ठले प्रहरी पुग्दा गाडीमा कागजात थिएनन्, तर भन्सारका जिम्मेवार अधिकारीले जा“चपास भएको कागजात बारे जानकारी गराएको भए तत्काल गाडी छाड्न सकिन्थ्यो । गाडी नियन्त्रणमा लिएपछि बिलबिजक र प्रज्ञापनपत्र देखाउ“दा प्रहरीले लिन नमानेको एजेन्टले गुनासो गरेका छन् । ‘प्रहरीको नियत ठीक भएपनि राजस्व तिरेर पनि दुःख पाएका छौ“,’ भन्सार एजेन्ट अशोक मान श्रेष्ठले भने । एक ट्रक सामान राजस्वमा चेकजा“च गराउ“दा कम्तिामा ३० हजार रुपैया“ अतिरिक्त खर्च हुने गरेको व्यवसायी बताउ“छन् । व्यवसायीका अनुसार प्रहरीले नियन्त्रणमा लिएर थप छानबिनका लागि राजस्व विभागमा पठाएका गाडीबाट केही अनियमितता नभेटिएपनि गाडी छिट्टै निकाल्न कर्मचारीलाई थप रकम दिनैपर्छ । राजस्व अनुसन्धान विभाग पथलैयाका प्रमुख अनुसन्धान अधिकृत ज्ञानेन्द्र ढकालले प्रहरीले पठाएको पत्रलाई उद्धृत गर्दै भने, प्रहरी आफैले गाडीमा ३ वटा शिल लागेको भनेको छ, तर, कागजात फेला नपरेको पनि लेखेको छ । बिना कागजात भन्सारले मालवाहक सवारीमा शिल लगाउदैन् भन्ने सामान्य जानकारी पनि प्रहरीलाई नरहेको पाइयो ।
    पर्सा प्रहरीले पछिल्लो समय नियन्त्रणमा लिएको मालवाहक ट्रकको बिलबिजक च्यातेर राजस्व विभाग बुझाउने प्रवृत्ति पनि बढेको छ । गत असोज यता प्रहरीले नियन्त्रणमा लिएको ना२ख १६४२, ६७५४, ९२६० र ना।३ख १२०१ नम्बरका मालवाहक गाडी कागजात बिनानै राजस्वलाई बुझाएको थियो । सामानको बिलबिजक भएको प्रमाणित भएपछि राजस्वले बिना जरिवाना ती गाडीहरु छाडिसकेको छ । भन्सारबाटै तस्करीमा सक्रिय रहेका केही व्यापारीले सुरक्षँकमीलाई अरु व्यापारीको ट्रक नम्बर दिएर आफ्नो सामान सजिलै पास गराउनका लागि पनि गलत सुराकी दिदै आएका छन् । एउटै ट्रान्सपोर्टको ९ वटा सम्म गाडी नियन्त्रणमा लिइएको छ । जसमध्ये राजस्वले ६ वटालाई क्लिन चिट र बा“की ३ गाडीमा रहेका केही वस्तुमा सामान्य मूल्यांकन बढाएको छ । प्रहरीको ज्यादती यस्तै रहे भन्सारको कामकाज नै ठप्प पार्ने अवस्थाको सृजना हुने आयातकर्ता र एजेन्टले जनाएका छन् । सौजन्य द स्टेट
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: प्रहरीले भन्सार प्रक्रिया नबुझ्दा व्यापारीलाई सास्ती Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top